विदेशबाट फर्किएकालाइ होटल तथा रिसोर्टमा क्वारेन्टिन गर्ने

काठमाण्डाै ०९जेठ०७७/  विदेशबाट फर्किएका नागरिकलाई राख्न आवश्यक क्वारेन्टिन व्यवस्थापनका लागि होटल तथा रिसोर्ट प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका...

बाँके र कपिलवस्तुका तीन जनामा सङ्क्रमण, सङ्क्रमित ४५७

काठमाडौँ, ९ जेठ०७७/कोरोना भाइरसको सङ्क्रमण फेरि तीन जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भेरी अस्पताल नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणअनुसार दुई...

एकै पटक २१ जनाले पराजित गरे कोरोना

राँझा, ९ जेठ०७७/ नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी...

कागेश्वरीमा २३ को आरडिटी पोजेटिभ

काठमाडौँ, ९ जेठ०७७/राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा गरिएको कोरोना भाइरसको आरडिटीमा पोजेटिभ देखिएका २३ जनाको पिसिआर भने नेगेटिभ आएको छ । नगरपालिका क्षेत्रमा जोखिम भएका प्रहरी, महिला स्वयंसेविका, तरकारी...

आरडिटी पोजेटिभपछि शङ्खरापुर सिल

काठमाडौँ, ९ जेठ०७७शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ । वडा नं ४ देखि...

दार्चुलाको घाँटीबगरमा सेना तैनाथ

काठमाडौँ, ८ जेठ०७७/नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ ।महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना) अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने...

कोरोनाबाट सङ्क्रमित ४५३ निको हुने ४९

काठमाण्डाै०८जेठ०७७/  काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किनुभएको छ । निको हुनेमा दुई महिला तथा दुई पुरुष हुनुहुन्छ ।...

टोखामा १३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ

काठमाडौं ०८ जेठ २०७७ । कोरोना भाइरसको परीक्षणका क्रममा टोखा नगरपालिकाका १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोनाको जोखिम बढेसँगै सो नगरपालिकाले गरेको आरडिटी परीक्षण...

काठमाडौं उपत्यका प्रवेशमा कडाई, सबै नाका सील गरिने

काठमाडौं, जेठ ८ । सरकारले काठमाडौं उपत्यका प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउन अवधिभर अत्यावश्यक बाहेकका काममा उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई...

झापामा कोरोना संक्रमितको संख्या २७ पुग्यो

झापा ०८ जेठ २०७७। झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३,...