चीनको वुहानबाट उद्धार गरी ल्याइयकाे विद्यार्थी सहीत अठार जना घर फर्किए

भक्तपुर, १८ फागुन/कोरोना भाइरस (कोभिड–१९) को उद्गमस्थल चीनको वुहानबाट नेपाली विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली क्वारेन्टाइन बसाइँ पूरा गरी आज घर फर्किएको छ...

प्रम मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुने

काठमाडौँ, १८ फागुन/प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुनुहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आज बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले...

महोत्तरीमा गोली चल्दा एक घाइते

गौशाला, १८ फागुन/अज्ञात व्यक्तिले गोली चलाउँदा महोत्तरीमा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि आज राति २ बजेको समयमा गोली प्रहार भएको हो । घाइते...

बेसीशहरमा निःशुल्क पाठेघर शिविर,११४ लाभान्वित

लमजुङ, १८ फागुन/बेसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र सहयोगी स्काइ...

सवारी दुर्घटनामा एकको मृत्यु

हेटौँडा, ३ फागुन/मकवानपुरको मनहरीमा आज शनिबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूपन्देही धकदही गाउँपालिका –३ घर भएका २६ वर्षीय अकबर खान रहेको जिल्ला...

दुई वर्षदेखि सात लाख जना लाइसेन्स कुर्दै

काठमाडौं,फागुन ३, २०७६ /भक्तपुरका कुमार नगरकोटीले ट्रायल उत्तीर्ण गरेको दुई वर्षपछि बल्ल सवारी चालकको स्मार्ट अनुमतिपत्र (लाइसेन्स) पाए । २०७४ फागुनमा उनले ट्रायल उत्तीर्ण गरेका थिए । यस बीचमा आठ...

खस आर्य सङ्ग्रहालय पोखरामा बन्ने

पोखरा २फागुन०७६/  क्षत्री समाज नेपाल केन्द्रीय कार्यालयको परिसरमा खस आर्य सङ्ग्रहालय बन्ने भएको छ । पोखरा महानगरपालिका–११ मा निर्माण हुन लागेको उक्त सङ्ग्रहालय भवनको गण्डकी प्रदेश आर्थिक मामिलामन्त्री किरण गुरुङले...

सप्तकोशीमा पानीजहाज बन्द ः सुरक्षा माग

विराटनगर, २ फागुन/असुरक्षाको कारण देखाउँदै सप्तकोशी नदीको सुनसरीस्थित चतराबाट सञ्चालन हुँदै आएको पानीजहाज बुधबारदेखि बन्द भएको छ । विगत दुई वर्षदेखि व्यावसायिकरुपमा सात पानीजहाज सञ्चालन हुँदै आएको थियो । सञ्चालकले...

नयाँ संहितापछि पर्वत अदालतमा मुद्दाको चाप अत्यधिक

पर्वत, १ फागुन /गत वर्षदेखि नयाँ फौजदारी र देवानी संहिता लागू भएपछि पर्वत जिल्ला अदालतमा मुद्दाको चाप बढेको छ । गत वर्षबाट लगत सरेर आएका मुद्दाहरुको चापका कारण चालू वर्षका...

सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

मेलम्ची, २९ माघ/सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ...