0 COMMENTS

 

Umaoist-Office1काठमाडौं, वैशाख ८ । माओवादी आन्दोलनसँग जोडिएका शीर्ष नेताहरु एमाओवादी मुख्यालय पेरिसडाँडामा भेला भएका छन् ।

माओवादीले सुरु गरेको सशस्त्र युद्धका क्रममा चलाइएका मुद्दाहरु एकाएक ब्यूँतिन थालेपछि सबै माओवादीका नेताहरुले भावी रणनीति बनाउन छलफल गर्न थालेका हुन ।

दिउँसो २ बजेदेखि शुरु भएको बैठकमा नयाँ शक्ति नेतृ हिसिला यमी समेतको उपस्थिति छ । बाबुराम राजधानीबाहिर रहेका कारण हिसिला बैठकमा आएकी हुन ।

बैठकमा वैद्य, विप्लव, मणि, मातृकलगायतले नेतृत्व गरेका माओवादी घटकका नेताहरु उपस्थित छन् । बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगले टुंग्याउने भनिएका मुद्दाहरु समेत अदातलबाट धमाधम ब्यूँताउन थालेपछि सबै माओवादीले त्यसबारेमा गम्भीर बन्नुपर्ने विषयमा आफ्नो धारणा राख्ने  श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।