0 COMMENTS

 प्रतिभा भट्टरार्इ/   विश्वमा दिनप्रतिदिन बढ्दै गइरहेको कार्बन उत्सर्जन का कारण जलवायुमा देखिएको परिवर्तनले निम्त्याउने जोखिम अन्तर्गत पर्ने अतिबृष्टी र अनावृष्टि ले हाम्रो जस्तो कृषिप्रधान देशमा पारेको असर र त्यस बाट बच्न गरिएको सानो प्रयासले मात्र भए पनि हासिल गरीएको उपलब्धिले अन्य क्षेत्रका व्यक्तिहरुलाई पनि सजग गराइ सम्भावना भएसम्म आफ्नो क्षेत्रमा पनि लागु गर्न सके फाइदा पुग्ने देखिएको ले सर्लाही जिल्लाको बर्दिबासबाट केही टाढा रहेको राजाबास गाउँ नजिक बग्ने रातो खोला भित्र बनाइएको नमूना नहर,तटबन्ध ,प्लास्टिक पोखरी तथा धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं ११ बाहुनमारामा फेरोमेन्ट सिमेन्ट टेक्नोलोजीको प्रयोग गरी बनाइएको नमुना खानेपानी ट्याङ्की को अवलोकन लगायत यी सुविधा प्राप्त भएपछि काे जनजीवन र अघिल्लो समयको दुर्दशा बारे प्रभावित वर्ग हरूसँगको साक्षात्कार कार्यक्रम यही असोज १७,१८,१९ गते तारकेश्वर नगरपालिकाको वडा नम्बर ४ मा अवस्थित सृजनशील महिला समाज, बहुसरोकार वाला मञ्च ,काभ्रे महिला जागरण समूह तथा इलाम नगरपालिकाको सहयात्रा नेपाल नामक संस्थाका दिदीबहिनीहरुलाई समेटेर प्रकृति रिसोर्सेज सेन्टर ले आयोजना गरेको कार्यक्रममा सृजन शिल महिला समाज ले नगरपालीका लाइ समय समयमा जागरुक गराइ आफ्नो पालिकाभित्र वातावरण संरक्षणका लागि उचित कार्य हरु गर्न ,गठन गरेको बहुसरोकारवाला मञ्च को तर्फ बाट सहभागी हुने अवसर मैले पनि पाएको थिएँ।

त्यस ठाउँमा अपनाइएको खानेपानीको नमुना व्यवस्थापन जसले खानेपानीको चरम अभाव हुन बाध्य भइ खोलाको धमिलो पानी लाई नै आफ्नो जीवन यापनमा प्रयोग गर्न वाध्य हुनुपर्दा भोग्नुपरेका सामाजिक ,आर्थिक दुरावस्था पिरोलिएका रोग ग्रस्त जीवनयापन बहुमूल्य समयको अनावश्यक खर्च बाट मुक्त भई १सय ५० घरधुरीले स्वच्छ खानेपानीको व्यवस्थापनमा गरेका सराहनीय कार्य ,खर्चेका श्रमदान बाट लहराएका फाँटहरु र भरिएका आँत हरूको अवलोकनबाट प्रेरणा लीई आफ्नो क्षेत्रमा पनि ठाउँ र परिवेश अनुसारको आवश्यकता परेसँगै वातावरण संरक्षणका कार्यहरु गर्न सघाउ पुर्याउने उद्देश्य राखी आयोजना गरिएको यो भ्रमणको लागि करिब ७ बजेतिर घरबाट निस्किएर सबै साथीहरु समेट्दै हामी बीपी राजमार्गको बनेपा ,धुलिखेल, सिन्धुली हुँदै कार्यक्रमसँग सम्बन्धित गफ र संगीतमा रमाउदै बर्दिबास पुगेका थियौं।
समयमा नै गन्तव्यमा पुगीएको ले र नजिकै जानकी मन्दिर रहेकोले साथीहरू को रहर अनुसार हामीले जानकी मन्दिर को दर्शन पनि गर्न पाएका थियौं।

हाम्रो भोलिपल्टको मुख्य कार्यक्रम भने सामुदायिक पैरवी मञ्च नामक संस्थाले सरकारीस्तरबाट र विभिन्न संघ संस्थाहरूबाट रकम संकलन गरी पाँच वर्षको अवधि मा बर्दिबास नजिकै रहेको राजाबास गाउँको रातो खोलामा गरिएको तटवन्ध मा विभिन्न किसिमका बोटबिरुवाहरु ,रोपण र संरक्षण गरी लगभग तटवन्ध संगै खेतीयोग्य बनेको ९० बिगाहा जग्गामा बाह्रै महिना सिँचाइको सुविधा पुर्याउन सकिने गरी बनाइएको नमुना नहर का कारण वर्षमा तीन बाली भित्र्याउन सफल भई आफ्नो पारिवारिक खर्च टारेर अन्दाजी ८७ घर परिवारलाइ वार्षिक ६०,०००हजार आम्दानी गर्न सक्ने क्षमता प्रदान गर्न सफल संस्थाका प्रतिनिधि पात्र र लाभान्वित वर्ग सँग भेटी छलफल गर्ने रहेकाे थियाे।

वर्षका केही महिना मात्र पानी बग्ने खोला ले पनि दायाँबायाँका क्षेत्रमा गर्नसक्ने कटान रोक्न लगाउनुपर्ने बिरुवाहरूको राम्रो जानकारी सहित गरिएको वृक्षारोपण ,सोही थोरै समय मात्रै पानी बग्ने खोलाको पानीलाई पनि आधुनिक प्रणाली द्धारा खोला भित्रै दुईवटा स्ट्रङ वालहरु बनाई एकापट्टि बाट पानी रसाउने र अर्कोपट्टि बाट पानी चुहेर जान नसक्ने प्रविधि अपनाएर बनाइएको ३ किलोमीटर लम्बाइको नमुना नहर काे निर्माणले चारसय चानचुन को हाराहारीमा रहेका जनसंख्या काे जीवनस्तर निक्कै सहज भएको स्थानीय हरुको भनाई थियो।

त्यस्तै बिजुलीको प्रयोग सकभर नगरी ग्राभिटी सिस्टमबाट बर्षाको पानी जम्मा हुने गरी बनाइएको पोखरी र प्लाष्टिक पोखरीका कारण पानिको तह घटन नपाउँदा पनि चराचुरुङ्गी र जङ्गली जनावर हरुलाई खानेपानीको सुविधा ,सिचाईको सुविधा खोलामा आउने बाढीले गर्ने क्षतिमा कमी जस्ता फाइदाहरू पनि पुगेको देखिन्थ्यो।

यो भ्रमणमा देखिएको झनै महत्वपूर्ण र सुन्दा मात्र पनि आनन्द लाग्ने कार्य चाहिँ ,बिदेशी संस्थाहरुबाट कामको उचित मूल्यांकन गरी यी र यस्ता अन्य उदाहरणीय कार्य गरेबापत पुरस्कृत हुन पुगेको सामुदायिक पैरवी मञ्चका सम्बन्धित सदस्य ले बताए अनुसार मिथिला नगरपालिका बाहुनमारा वडा नम्बर११ मा फेरोमेन्ट सिमेन्ट प्रविधिबाट बनाइएको ५०,००० लिटर पानी अटने नमुना खानेपानी ट्याङ्की को निर्माण नै हो।

जिन्दगानी मानिएको पानी जसको अभावमा हरेक व्यक्तिको जीवन अस्तव्यस्त बन्दछ भने हर घरका महिलाले निकै तनाव भोग्नु पर्ने हुन्छ। महिलाहरूको जीवनको व्यस्त समय र बालबालिकाहरूको पनि पढ्ने महत्त्वपूर्ण समय पानिकाे जोहो गर्नमा लगाउनु पर्ने र त्यति गर्दा पनि बर्खाको समयमा खोलाको धमिलो पानी प्रयोग गर्न बाध्य हुँदा रोग र शोक मा बित्ने दिन हरुबाट छुटकारा दिलाई वर्षै भरी १५० घर धुरी परिवारलाई उच्च स्तरको खाने पानिको सुविधा उपलब्ध गराएको थियो।

यसरी यो भ्रमणमा गरिएको अवलोकनबाट सरकारी स्तरकाे र समाज सेवा का लागी रकम छुट्याएका संस्थाहरूको रकम संकलन गरी कुनै मेहनती र इमान्दार संस्थाले राम्रो पहल गर्न सके श्रमदान गर्नेहरूको भीड जम्मा गर्न सकिने हाम्राे देशमा यी र यस्ता सामाजिक कार्यहरु थुप्रै ठाउँमा गर्न सकिने रहेछ भन्ने शिक्षा लिँदै र यस्तै संस्थाहरू बाट आगामी दिनहरूमा अन्य निर्माण कार्यहरु हुँदै जाउन् भन्ने आशाका साथ भ्रमणलाई अन्त्य गरियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।