0 COMMENTS

प्रतिभा भट्टराई २०८० साल पौष १५  /लोकप्रीय कथाकार रविन्द्र केसीले कथा संग्रह सम्बन्धको दोबाटो लोकार्पण गरेका छन्।२०८० साल पौष १४ गते शनिबारका दिन लेखनाथ हल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरिएको हो। कार्यक्रममा कथाकार रविन्द्र केसीले स्वागत मन्तव्यका साथै आफ्ना सारगर्वित भनाइहरू प्रस्तुत गरेका थिए।

शिखा बुक्स ले आयोजना गरेकाे उक्त कार्यक्रममा बिशेष अतिथि प्रहरी नायब महा निरीक्षक कुवेर कडायत,प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी , अवकाश प्राप्त एवं बहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू साहित्यकार लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।कार्यक्रमका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त कुँवरले राज्यको भौतिक तथा बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी लिएको प्रहरीले मानव सुरक्षाको अलावा साहित्य कला तथा संस्कृतिको संरक्षण र श्री वृद्धिमा समेत तल्लिन रहेकोमा गर्व गर्दै कथाकारको अझै साहित्यिक प्रगतिको कामना समेत गरेका थिए।

सम्पादक राजकुमार बानियाँ ले पुस्तक समीक्षा काे क्रममा कथाकार पेशा मा सफल भए जस्तै कथा हरू समाजिक सञ्जालमा लाखौं सेर भएसँगै साहित्यिक यात्रा मा पनि सफल भएको पुष्टि गरे ।त्यस्तै पुस्तक समीक्षा कै क्रममा ज्ञानु अधिकारीले कथामा के लेख्ने भन्दा पनि कसरी लेख्ने भन्ने कुरा महत्व पुर्ण रहने र कथा हर कोहि सँग भए पनि मिठो शैली र सरल भाषामा लेख्ने कला सबै सँग नहुने बताउँदै कथाकारले कथामा प्रयाेग गरेका विम्ब र मन् छुने घटना हरूको व्याख्या गर्दै पुरुष भएर नारी संवेदना मा कथा लेख्नु कथाकारको महानता भएको बताइन्।

कथाकार स्वयं प्रहरी महानिरीक्षक जस्तो गरिमामय पदमा रहेर पनि समयकाे उचित व्यवस्थापन गर्दै आफुले कार्य क्षेत्र मा देखेका र अध्ययन गरेका,समाजमा घटेका र घट्न सक्ने घटनाहरूलाई निकै सरल र सहज भाषामा पाठकहरू समक्ष ऐना हेरे झैँ वा सिनेमा हेरे झैं देखाउन सक्नु कथाकारका विशेषता हुन्।
वर्तमान समाजमा भइरहेका तर बताउन र देखाउन नसकिने प्रेम बिनाका सम्बन्धभित्रका दरार ,उल्झन ,झन्झट छटपटी ,सकस हरूलाई कथाकारले आफ्नो शैली र क्षमताको प्रयोग गरेर पाठकहरु लाई बुझाउन कोसिस गरेका छन्। यसका साथै कसैका छुटेका र मिलेका सम्बन्ध हरू बाट बालबालिका, बृद्ध, बृद्धा आफन्त, साथीभाइ हरुमा पर्ने असर, जात र कुलिनताका कारण गरिने विभेद, नयाँ पुस्ता सँग गर्नु पर्ने ब्यवहार, आर्थीक ब्यवहार मिलाउनका लागि निभाउनु पर्ने अनैतिक वा इच्छा विपरीत का सम्बन्ध, बिदेसिनु पर्नाका कारण, विदेसिए सँगै आइपर्ने अनेकौं समस्या का साथै नजीक भएका र अप्ठ्यारोमा साथ दिएका हरू सँग बस्न सक्ने प्रेम, उमेरमा गरिने प्रेम, गल्ती लगाएत समाजका थुप्रै पक्ष हरुलाइ समेटिएका कथा हरू त्यसैले पनि सायद धेरै पाठक हरू ले रुचाएका छन्।
कार्यक्रमका सभापति शिखा बुक्सका पुष्प राज पौडेल रहेकाे उक्त कार्यक्रममा, लोकार्पण गरिएको सम्बन्ध केन्द्रीत २१ कथा हरू समेटिएको उक्त पुस्तक ले राम्रो पाठक प्रतिक्रिया पाउने आशा गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।