0 COMMENTS

प्रतिभा भट्टराइ,पुष,०२,०८०/  पतञ्जलि योग समिति नेपालको तत्वावधान र बागमती प्रदेश काठमाण्डौ जिल्लाकाे सहकार्य मा तारकेश्वर नगरपालिका वडा नम्बर १० मा अवस्थित सूर्योदय योग साधना केन्द्रद्वारा आफ्नो नगरलाई योगमय बनाउने उद्देश्यले ३६ दिने सहयोग शिक्षक तालिम सञ्चालन गरिएको थियो। आफ्नो नगरमा नयाँ योग साधना केन्द्रहरू खोल्न र भएका सम्पूर्ण साधना केन्द्रहरूमा दीक्षित योग शिक्षकको पूर्ति गर्ने उद्देश्य राखी आयोजना गरिएको यो तालिममा १०३ जना साधक साधिकाहरू सम्मिलित थिए।गत कार्तिक १४ गतेदेखि सुरु गरिएको उक्त तालिम काे मङ्सिर २९ गते समापन गरिएको हो।

उक्त समापन समारोहमा नेपालका मुख्य केन्द्रीय प्रभारी आदरणीय लवदेव मिश्र ,महिला सह केन्द्रीय प्रभारी अर्चना घिमिरे, बागमती प्रदेश प्रभारी ग्रोबेन् तौजले बागमती प्रदेश महामन्त्री सुधा कलोनी ,काठमाडौँ जिल्ला अध्यक्ष सुरेन्द्र रिमाल लगायत थुप्रै आदरणीय गुरुहरूको उपस्थिति रहेको थियो।प्रत्येक दिनको प्रशिक्षणमा पनि आदरणीय गुरुहरूको पालैपालो उपस्थिति रहेको उक्त तालिम निकै सभ्य र भव्य तरिकाले सञ्चालन भएको थियो।मानसिंह स्कुल सँगै रहेकाे त्रिवेणी ब्याङ्क्केट मा संचालित उक्त तालिमकाे सम्पूर्ण व्यवस्थापन सूर्योदय योग साधना केन्द्र की अध्यक्ष कल्पना मल्लले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।