0 COMMENTS

 रमिला बस्नेत,काठमाण्डाै,आइतबार, मंसिर २४, २०८०/  ट्रायलमान्डुको आयोजनामा गत शनिबार नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको दोस्रो चरण सम्पन्न भएको छ ।गुर्जे भञ्ज्याङबाट सुरु भएर झुलेमा सम्पन्न भएको ३३ किमी स्टेज रेस च्यालेन्जमा पुरुषतर्फ मनकुमार रोका मगरले ३ घन्टा चार मिनेट ०९ सकेन्डमा दौड पूरा गर्दै पहिलाे स्थान हासिल गरेका हुन् ।भने महिला तर्फ गत हप्ता इन्डोनसियामा भएको एसिया ट्रेल मास्टरमा सहभागिता जनाएकी छोकी चार घन्टा सात मिनेट दुई सकेन्ड समय लगातार च्याम्पियन बनेकि छिन्। नेपाल ओलम्पिक कमिटीका कर्मचारी निरज श्रेष्ठले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए।सो स्टेज रेस च्यालेन्जमा ९७ खेलाडीको सहभागिता रहेको थियाे । जसमा अमेरिका, फ्रान्स, बेलायत, इन्डानेसियालगायतका ३० जना विदेशी धावकधाविकाको पनि सहभागिता रहेको थियो ।

यी हुन् अल्ट्रा धावक मन कुमार,

बुबा तारामान र अामा करमति राेकामगरकाे काेखबाट २०५९/११/८ गते राेल्पाकाे थबाङ मा जन्मिएका मनकुमार अध्ययनका लागि भने दाङमा बस्छन्।
२०७९/४/२५ बाट दाैडमा लागेका उनी छाेटाे समयमा नै विभिन्न दाैड प्रतियोगितामा एकपछि अर्काे गर्दै च्याम्पियन बन्न सफल खेलाडी हुन्। विदेशि ३० धावक सहित ९७ धावकलाई पछि पार्दै पुरुषतर्फ स्टेज रेस च्यालेन्जका च्याम्पियन बनेका मनकुमारले पहिलाे पटक नेपालगन्ज धारा म्याराथनमा सहभागी जनाएका थिए। हालसम्म रास्ट्रिय लिग र्याङ्किङ २०२३मा दाेस्राे स्थान , जुम्ला रारा म्याराथान, फिस्टल ५० कि.मि. मा पहिलो ,सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय ट्रेल रनिङ ६० कि.मि. दाेस्राे,चसिङ सनराइज २५ कि.मि पहिलाे , स्काई रेस पाेकि पिक ५५ कि.मि. तेस्राे ,गुरिल्ला अल्ट्रा म्याराथन ७२ क.मि तेस्राे स्थान हासिल गरिसकेका छन्। पहिलोपटक दाैडमा सहभागीहुदा एकदमै धेरै गाह्रो भएकाे थियाे उनी पुराना दिन सम्झिन्दै भन्छन् “मलाई दाैडकाे बारे केही थाहा थिएन ,तर मेराे दाइले एकदमै साथ सपाेर्ट दिनुभयाे, साथसपाेर्ट दिने मान्छे हुदा पनि धेरै अात्मबल बढ्ने रहृेछ। ” दाैडबाट नेपाल र नेपालीको शिर उच्च राख्ने चाह राखेका मनकुमार BBS फ्याकल्टि बाट तेस्राे तहमा महेन्द्र क्याम्पस दाङ घाेरहि मा अध्यनरत छन्।लाेटस् ट्रेनिङ सेन्टर दाङबाट उनलाई राम्राे  साथ र सपाेर्ट मिलिरहेकाे उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।