0 COMMENTS

मिति २०८० साल कार्तिक २७ गते सोमबार कार्तिककृष्णपक्ष औंसी तिथी अपरान्ह: २ / ४१ बजेसम्म त्यस उप्रान्त कार्तिकशुक्ल प्रतिपदा आरम्भ हुनाले यो दिन गाई पूजा गर्नु पर्दछ।गाई”’ एक प्रकारको घर पालुवा साकाहरी जनानर हो ।गाईको भाले बच्चा (बाछो)लाई बहर भनिन्छ र पोथी बाछोलाई बाछी भनिन्छ ।गाईको गोबरको मल खेतमी हाल्नाले खेती राम्रो हुन्छ ।

कतै कतै गाईको गोबरको गोइठा बनाएर आगो बाल्न प्रयोग गरेको पाइन्छ । गाई नेपालको राष्ट्रिय जनावर हो ।हिन्दू धर्म धर्ममा गाइलाई गौमाता भनिन्छ र पूजा लै गरिन्छ ।गाइको गोबर, गौमुत्र, दूध, दही र घ्यु एकै ठाउँमा मिलाएर पञ्चगव्य बनाइन्छ।पञ्चगव्य हिन्दू धर्मका अनुसार अति पवित्र चिज हो। गाईको पिसाबलाई गौमुत्र अथवा गहुँत भनिन्छ ।

हिन्दू मान्यता अनुसार गोमुत्रले अपवित्रता नास गर्छ भन्ने रहेको छ ।कुनै पनि धार्मीक कार्यक्रम गर्दा गोमुत्र छर्केर पवित्र गराउने प्रचलन रहेको छ ।गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरूमा गौमूत्रको ठूलो महत्व छ ।हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरू निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ ।गाइ हिन्दुहरुको राष्ट्रिय जनावर हो ।साथै तेत्तीसकोटी देवता गाइको शरीरमा निवास गर्नुहुन्छ।भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।

मध्य भागमा सवै देवीदेवताको बास हुन्छ । गाईको रौं रौमा महर्षिहरुको निवास हुन्छ भने पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गगां लगायतका पत्रिव नदी रहने धार्मिक वर्णन रहेको पाइन्छ ।गाईको आँखामा सूर्य र चन्द्रमा वास गर्छन् ।सवै मिलाएर गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ । प्राचीन समयदेखि गोदानलाई सवैभन्दा ठूलो दान मानिएको छ र गाईको हत्यालाई सवैभन्दा ठूलो महापाप ।गाइलाई छाडा छोड्ने मान्छे जतिसुकै धर्मात्मा भए पनि , जति सुक्कै धनी भए पनि , मरे पछाडी तिनिहरू तिनै गाइका पापले सत्ताइस किसिमका डरलाग्दा नरकमा पर्दछन भन्नेकुरा श्रीमद्भागवत महापुराणमा समेत वर्णन रही आएको छ। गाइलाइ दुःख दिनु, मार पिट गर्नु, गोठबाट निकाल्नु भनेको आफुलाइ जन्माएकी आमालाइ घरबाटा नै निकाल्नु जत्तीकै घोर अपराध हो।जताततै जानेर वा अन्जानमा यदि कोही गृहस्थ गाइ प्रति दुव्यवहार गर्दछ भने त्यो निन्दित पशुतुल्य नराधम कोही पनि हुन सक्दैन । त्यसै कारण वैदिन कालबाट हिन्दू धर्म मान्नेहरुले गाईको पूजा गर्दै आइरहेका छन् ।गावो मे अग्रतःसन्तु , गावो मे सन्तु पृष्ठतः।

हिन्दुहरुका प्रत्येक कर्मकाण्ड र पूजाका काममा यो पञ्चगव्य नभई नहुने छ।पञ्चगव्यले कतिपय असुद्धलाइ सुद्ध बनाएर त्यसलाइ पान अरेमा आफुपनि सुद्धहुने तथा कतिपय रोगहरु समेत निवारण हुने काममाइ प्रयोग अरिन्छ ।गाइको गौंत सय मिलिग्राम जति कपडामा छानेर बिहान खाली पेटमी पियोभने कब्जियत,ग्यास्ट्रीक,मन्दाग्नी क्यान्सर लगायतका सबै पेटका रोगहरु बाट पनि मुक्त हुन सकिन्छ भन्ने कुरा आयुर्वेद शास्त्रहरुमा लेखेको पाइन्छ ।गाइका गोबरले लिपपोत गर्यो भने घर भित्र र आँखाले देक्न नसकिने किटाणु सवै नाश हुनका साथै घर भित्र पनि सुद्धताको आभास हुन्छ ।गाइको गोरस बाट देवतालाई चढाइने पञ्चामृत देवताहरुको संतुष्टीका लागी गरिने हवनकार्य गाइको घ्यु बाट मात्रै हुने गर्दछ ।घरमा गाइ पालिनु र गाइको सेवा गर्नु भनेको तेत्तीसकोटी देवतालाइ पाल्नु र तिनीहरुको सेवा गर्नु बराबर हो।गावो विश्वस्यमातरः अर्थात् गाइनै सबै विश्वकी आमा हुन् भन्ने कुरा वेदमा लेखिएको छ। हिन्दु जनमानसमा धार्मीक कार्य , यज्ञ–यज्ञादी तथा मृतकहरुको अन्त्येष्टिका काममा गाइको दान गर्नाले जीवित र मृतक मान्छकोे सजिलैसँग उद्धार र तर्दछ भन्ने विश्वास गरिन्छ। बैतरणी जस्ता घोर नरकहरु पार गराउने हुँदा गौदानको ठूलो महत्व छ।प्राचीन कालमा भगवान श्री कृष्ण आफु गाइका प्यारा गौ सेवक हुनुहुन्थ्यो ।हिन्दुहरूले गाईलाई लक्ष्मीको रूपमा मान्नेगर्दछन् ।नेपालमा गाई तिहारको दिन गाईको पूजा धुमधामले गरिन्छ । गाईको दुध हामीले दैनिक जीवनमा प्रयोग गर्ने पौष्टिक पदार्थ हो ।दुधले हाम्रो स्वास्थ्यमा निकै फाइदा पुर्याउनुका साथै मष्तिष्कलाई निकै फाइदा गर्छ । दैनिक रूपमा एक गिलास दुध पिउनाले मष्तिष्कलाइ निकै फाइदा गर्छ । गाईको दुध त्यसै कारणले पनि प्रसिद्ध छ।

वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् । जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ ।घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ ।रक्षाबन्धनका दिन हातमा बाँधेको डोरो यसदिन गाईको पुच्छरमा बाँधिदिनाले मृत्युपछिको कष्टमय सागर वा वैतरणी पार गर्न सजिलो हुने विश्वास छ ।

या लक्ष्मीर्लोकपालानं धेनुरुपेण संस्थिता।
घृतं वहति यज्ञार्थे मम पापं व्यपोहतु।
हजुर मलाई कोटि-कोटि गाईहरु प्रदान गर्नुहोस किनकि लोकपालहरुको जो लक्ष्मी गाइकोरुपमा स्थित हुनुहुन्छ र यज्ञको लागि हजुर घ्यु प्रदान गर्नुहुन्छ वहाँले मेरो पापहरु नास गर्नुहुन्छ।मेरो अगाडी गाई,मेरो पछाडी गाई,मेरो हृदयमा गाइको निवास होस् तथा म गाइको बिचमा निवास गरौँ{बस्न सकौं} /
गाइको बारेमा जति लेखे पनि लेख अधुरो नै रहने हुनाले सवै मिलेर गाइको संरक्षण गर्नु आजको आवस्यकता हो।
पं-बालमुकुन्द देबकाेटा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।