0 COMMENTS

राजविराज (सप्तरी), १४ असोज / सप्तरीको डाक्नेश्वरी नगरपालकिाका–१ का वडाध्यक्षको आज निधन भएको छ ।

नगरपालकिाको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद रायको हृदयघातका कारण निधन भएको नगरप्रमुख रामलखन मलहाले जनाकारी दिनुभयो ।

६५ वर्षका वडाध्यक्ष राय पछिल्लो छ महिनायता प्यारालाइसिसका कारण बिरामी पर्नुभएको थियो । उहाँको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित उपचार गरिँदै आएका थिए ।

उहाँको घरमै हृदयघाटका कारण वडाध्यक्ष रायको निधन भएको शोकमा आज डाक्नेश्वरी नगरपालिकामा शोक बिदा दिइएको छ । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उहाँ निर्वाचित हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।