0 COMMENTS

 प्रतिभा भट्टराई/  बागमती नदीको तटमा रहेका अनेकौं तीर्थहरू मध्ये कागेश्वरी मनहरा नगरपालिकाको वडा नं ४ मा रहेको प्राचिन मन्दिर कोलमतेश्वर धाम पनि एक हो। बाराही अर्थात कोलमतीका ईश्वर भएका हुनाले उनलाई कोलमतेश्वर को नाम ले पुजिन्छ। कोलमती घाटको समिपमा रहेका कोलमतेश्वर पनि भगवान शङ्करका हजारौं रुपहरु मध्ये एक हुन्।
स्कन्द पुराण अन्तर्गतको हिमवतखण्ड नेपाल महात्म्यमा वर्णन गरिएअनुसार ब्रह्माको सृष्टिमा सुन्दराचल पर्वत (पर्वत हरु मध्यमा सुन्दर )मा आएर विराजमान भएकी देवी सुन्दरीमाइ र त्यहीँबाट प्रवाहित नदी सुन्दरीजल मिसिएर बगेको बागमती नदी जसमा हयग्रीब भगवानले समेत स्नान गर्नु भएको विष्णु धारा नदी समेत समाहित भएको छ। त्यस्तै गरी अर्को नजिकै रहेकी वाराही भगवती जसलाई कोलमति पनि भनिन्छ उनैको समिपबाट प्रवाहित भएकी नदी कोलमती र अर्को भगवान विष्णु ले बामन अवतार धारण गर्नु भएका समयमा तीन पाउ जमीन नाप्ने क्रममा त्रिविक्रम रूप लिएका बेला ब्रह्माजी को लोक सम्म बिष्णु भगवानको चरण पुगे पछि अति प्रसन्न हुदै ब्रह्माजी ले त्रिविक्रम भगवानको पाउ आफनो विशाल कमण्डलु ले धुने क्रममा भगवान नारायणको धोती मा परेको जल बग्दै आएर यस क्षेत्रमा प्रवाहित भएकी नदी चोल मती समेत गरी तीन नदीको संगम रहेको त्रिवेणी लाई नै कोलमतीघाट भनिन्छ।

यसै कोलमती घाटमा हरेक बर्ष भाद्र कृष्ण पञ्चमी तिथिमा घाट स्नानमेला लाग्ने गर्दछ। यस क्षेत्रको महत्त्व बुझेका र जानेका भक्त हरू यस् दिन यसै कोलमती घाटमा स्नान गरी कोलमतेश्वर महादेव को दर्शन गर्दछन् उक्त तिथिमा यस घाटमा स्नान गर्दा दस हजार गौ दान गरेको फल मिल्ने र चर्म रोगहरू निवारण हुने विश्वास गरिन्छ।
त्यस्तै गरी भगवान विष्णु का हजारौं रूप हरु मध्ये एक, घोडा काे जस्तो शीर भएको अवतार (हयग्रिव) काे दर्शन आरधाना गर्नाले जीव,सम्पूर्ण पापहरुबाट मुक्त भइ साक्षात भगवानको धाम पुग्न सक्दछ भन्ने मान्यता अनुसार यस क्षेत्रको महिमा बुझेर कोलमतेश्वर महादेव को मन्दिर सँगै लक्ष्मी र हयग्रिव काे मन्दिर पनि निर्माण गरिएको छ। विद्यार्थी जीवनमा जति मेहेनत गर्दा पनि विद्या नखुलेको अवस्थामा हयग्रिव भगवानको स्तोत्र पाठ गर्ने गरिन्छ भने जुनसुकै व्यक्ति ले पनि समयमा नै निश्चित निर्णय लिन सक्ने क्षमता विकासका लागि वा भनौं समयमा नै ठीक बेठीक छुट्याउन सक्ने क्षमता को विकासका लागि, स्मरण शक्ति काे विकासका लागि तथा सद्बुद्धि र सदबिचारकाे विकासका लागि लक्ष्मी सहित हयग्रीब भगवानको पूजा आरधना गर्नु उपयुक्त हुने कुरा शास्त्रले बताएको छ। माता लक्ष्मी को कृपा बिना जो कसैको जीवन सहज बन्दैन् र पनि माता लक्ष्मी को मात्र आगमन घरमा हुँदा आफनो वाहन उल्लुमा चढेर आएकी लक्ष्मी ले मानिसलाई पनि उल्लू नै बनाउने र नारायणको साथ मा गरुड मा सवार भएकी लक्ष्मी ले भने घरमा सुख,शान्ति, र समृद्धि भितत्र्याउने विश्वास भए सँगै लक्ष्मी र हयग्रिव को आराधना गरी कृपा प्राप्त गर्न सके अझै सद्बुद्धि, सद्वीचार र सहि निर्णय सँगै हरेककाे जीवन सफल हुने देखिएको ले सबैले जीवनमा लक्ष्मी हयग्रिव को आराधना गर्नु पर्ने देखिन्छ।

यसरी मधु र कैटभ नामका दानव हरुबाट हरण गरिएको वेद ब्रह्माजी लाई फिर्ता गर्न, मूल ग्रन्थ वेदको शिक्षा दिन र हयग्रीव नामको दानवले देवताहरू लाई दिएको अनेकौं प्रकारको दुःख निवारण गर्न (रक्षा बन्धन )जनै पुर्णिमा को दीन प्राकट्य हुनुभएको हयग्रिव भगवानको यसै दिन उत्सव मनाउनु का साथै, कृष्ण अष्टमी, राम नवमी लगायत अन्य विशेष पर्व हरुमा पनि विशेष उत्सव गरिने नेपालमा एक मात्र निर्माण गरिएको यो लक्ष्मी हयग्रिवकाे मन्दिरमा जो कोहीले आफनो जन्म तिथि पारेर भगवानको अर्चना, बटुकहरुलाई भोजन, गौ सेवा, तथा व्रतबन्ध जस्ता सुभ संस्कारहरू गर्न सक्नेछन्।
अतः हरेक दिन कोलमतेश्वर महादेव र लक्ष्मी हयग्रिव भगवानको दर्शन सँगै आध्यात्मिक आनन्द र नयाँ ठाउँ वा तीर्थ घुम्न चाहने जो कोहीकाे लागि यो क्षेत्र उचित गन्तव्य बनेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।