0 COMMENTS

रमिला बस्नेत,पाेखरा/ १९ औं एसियन खेलको  लागि नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोली यतिबेला पोखरामा बन्द प्रशिक्षण मा छन्।

चिनको होङझावमा २०२३ सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियन खेलको पूर्व तयारीका लागि ह्यान्डबल टाेलि पोखरा पुगेको हो । करिव २ महिना पोखरा रंगशालामा हुने बन्द प्रशिक्षणका लागि २ प्रशिक्षक विन्दा महाराजि र दिपक बाेहाेरा खटिएका छन।

१९ औं एसियायनमा नेपाली महिला ह्याण्डबल टोली बन्दना राईको कप्तानीमा मैदानमा उत्रिने छ । त्यसै गरी टिमका खेलाडीहरुमा , विमला भुजेल(पाेखरा), रमिला बस्नेत (उदयपुर) र एपिएफबाट आइत ल्याह्मु शेर्पा,हिलिना राना,सन्जु राई, कल्पना सिंजाली, विमला तामाङ, देवी श्रेष्ठ,उमा राई,बन्दना राई,अदिति चाैधरि,संगिता चाैधरि र  नेपालीसेनाबाट ममता राना, , कल्पना आेलि, राम कुमारी चौधरी,र सम्झना कुमाल सहित १६ जना खेलाडि रहेका छन् । १३ अाै साफ च्याम्पियनसिपमा महिला नेपाल ह्यान्डबल टाेलिले दाेस्राे स्थान हासिल गरेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।