0 COMMENTS

जुन मानु पुर्णिमाको औंसी आउँदा हराउँछौ

फुल भनुँ फक्रिएको केही दिनमै ओइलाउछौ ।

हिमाल भनौं भेट्न खोज्दा परपर शरीदिन्छौ

तारा त झन् भन्दिन भो हेर्दाहेर्दै झरिदिन्छौ ।।

 

ईश्वर भनिदिउँ भने बोल्दैनौ कि भन्ने डर

तिमी बोल्दै नबोल्दिए कसोगरी बसाउँ घर?

धन मानुँ जोगाउनै सकिन्न भाे खर्चिइन्छौ

मन कसो गरी भनुँ कहिले कोहीमा परिदिन्छौ।

 

छायाँ भन्दा सधै साथमा रहन्छौ कि भन्ने आश

मुटु भनौं साथ नहुँदा बढी दिने गर्छ सास ।

तिमी मेरो अघि हुँदा कहाँबाट आउँछ बल ?

नजर भनिदिन्छु बरु चिम्लँदा छौ हरेक पल।।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।