0 COMMENTS

 २०७९।माघ।१८/२०७९ साल फागुन १२–१३ मा खप्तडी बस्नेतहरुकाे दाेस्राे सम्मेलन फर्पीङमा अवस्थीत खप्तडी बस्नेतहरुकाे कुल मन्दिर मा हुने भएकाे छ ।  गौरवपुर्ण ईतिहास र नेपालको खप्तड उदगम स्थल भएका खप्तडीहरु अहिले देशको विभिन्न भु– भाग र विदेशमा समेत छरिएर रहेकोछन । समय, परिस्थिती र बसाईसराई आदीको कारणले  संस्कृती, परम्परा र विधी विधानहरुमा पनि  एकै परिवारका भएतापनि विविधता वा भिन्नता रहेकोपाईन्छ । एकै थलोमा जमघट हुने, आ–आफ्ना स्थानका र समस्त खप्तडी बस्नेतहरुका विषय बस्तुहरु आदान–प्रदान गर्ने, छलफल गर्ने, एकिकृत हुँदै जाने र कुल पुजा, साँस्कृतिक परम्पराहरुमा एकरुपताको लागी प्रयास गर्दै जाने लक्ष्य स्वरुप २०७३ साल चेत्रमा खप्तडी बस्नेत प्रथम सम्मेलन आयोजना गरिएको थियो र त्यसै सम्मेलनको घोषणा बमोजिम सम्मेलनहरु प्रत्येक ३ वर्षमा हुँदै जानुपर्नेमा, कोभिड महामारी र अन्य कारणले समयमा नै हुन नसकी, खप्तडी बस्नेत÷बस्न्यात दोस्रो राष्ट्रिय सम्मेलन, खप्तडी बस्नेत कल्याणकारी कोष,काठमाण्डौको प्रमुख भुमिका र समन्वयमा यही मिती २०७९ साल फागुन १२–१३ गते फर्पिङ, काठमाण्डौमा संयुक्तरुपमा आयोजना हुनु गईरहेको छ ।बरीष्ट गायक श्री कुमार बस्नेतको अध्यक्षतामा मुलसमारोहा समिती र भरत बस्नेतको अध्यक्षतामा आयोजक तथा बिभिन्न उपसमिती हरु गठन गरिएका छन ।

Conference Format
DAY-I :PRE-CONFERENCE EVENTS:
-Meeting of Steering/Organizing Committee
-Sport Registration
DAY -I: CONFERENCE EVENTS
– Distribution of Conference Materials to registered participants
– Inaugural Ceremony and Remarks
-Scientific Sessions (oral Presentations and discussions)
DAYS -II: CONFERENCE EVENTS
– Guest Lectures
– Group Works and Workshop
-Scientific Sessions (oral Presentations and discussions)
-Preparation, Presentation of Declaration and discussion
DAYS -II: CLOSING CEREMONY
– Adoption of Declaration
– Remarks
– End of Conference
– Departure

यस सम्मेलनमा पूर्व मेची देखि पश्चिम महाकाली र विदेशबाट समेत खप्तडी बस्नेतका भाई बन्धुहरु सहभागी हुने, खप्तडी बस्नेतहरु एउटै थलो र समयमा भेट हुने यो नै एक मात्र यस्तो महत्वपूर्ण कार्यक्रम भएकोले, यसलाई एक पवित्र र सुनौलो अवसर मानी खप्तडी बस्नेत बन्धुहरुको सक्रिय सहभागीताले ठुलो महत्त्वो राख्ने आयाेजकहरुले जानकारी गराएकाछन । सहभागीहुनकाे लागी  दर्ता शुल्क विवरणः–प्रतिव्यक्ति रु.२५००।–,विद्यार्थी शुल्क रु.१०००, ज्येष्ठ नागरिक (८०वर्ष भन्दामाथि निशुल्क),म्यादभएको परिचयपत्र अनिवार्य हुनुपर्ने आयाेजक कमीटीले बतायाे ।थप जानकारीको आवश्यकता परेमा ९७४५९४५११२) म्यासेज पठाउन र सम्पर्क गर्न पनिसक्नुहुनेछ ।

सम्मेलनमा कार्यपत्र प्रस्तुतीकरण तथा विषय–बस्तुहरु
१) खप्तडी बस्नेत देवाली, गोठधुप तिथी, पुजाको ज्ञान,विधी,सामाग्री र सरलीकरणका सम्भावना र
उपायहरु ।
२) खप्तडी बस्नेतहरुको ईतिहास र योगदान ।
३) खप्तडी बस्नेतहरुको बसोबास, जनसंख्या फैलावट, एकताको आवश्यकता र महत्व ।
४) खप्तडी बस्नेत प्रवास, वैदेशिक रोजगारी र स्वदेशमा उत्पादन, तथा उद्यमशिलताको
आवश्यकता र सम्भाव्यता ।
५) खप्तडी बस्नेतहरुको परम्परा, रितीरिवाज, विधी विधानमा ज्ञान, दखल,संरक्षण, पुस्ता प्रशिक्षण
र हस्तान्तरणको आवश्यकता र महत्व ।
६) खप्तडी बस्नेत वंशावलीमा महिला सहित पारिवारिक विवरण समावेशको आवश्यकता,महत्व
र विधुत्तिय प्रणालीको आवश्यकता र महत्व ।
७) खप्तडी बस्नेत र मष्टोबारे यर्थातता र आम–धारणा।
८) खप्तडी बस्नेत संघ–संस्थाहरु, तिनीहरुको उद्देश्य र आगामी भुमिका र जिम्मेवारीको महत्व ।
९) विविध ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।