0 COMMENTS

 २०७९ साल कार्तिक २१ गते सोमबार कार्तिकशुक्लपक्ष वैकुण्ठ चतुर्दशी तिथी साँझ ४ / ०२ बजेसम्म त्यस उप्रान्त पूर्णिमा तिथी आरम्भ (पूर्णिमा व्रत)पौराणिक मान्यता अनुसार वैकुण्ठ चतुर्दशीमा नदी स्नान ,दान ,पुण्यलाई बिशेष मानिन्छ ।वैकुण्ठ चर्तुदशीमा भगवान विष्णुको पूजा गरी रातमा जागरण गर्ने वा बस्ने शास्त्रीय मान्यता रहेको छ ।चर्तुदशीको सम्बन्ध शिव विष्णु दुवैसित रहेको मानिन्छ ।शिवसँग सम्बन्ध भएकोलाई शिववैकुण्ठ र विष्णु सित सम्बन्ध भएकोलाई विष्णुवैकुण्ठ भनिन्छ । शिवपूजाको लागि अरुणोदयव्यापी चर्तुदशी उत्तम मानिएको छ भने उपवास (व्रत) का लागि अहोरात्र (रातदिन) को अरुणोदय चर्तुदशीले युक्त छ त्यस दिनलाई मानिएको छ ।

भगवान विष्णुका धेरै नामहरु मध्ये एक नाम वैकुण्ठ पनि रहेको छ ।वैकुण्ठ शब्दलाई व्युत्पति वा विग्रह गरेर हेर्दा एउटा हुन्छ । विकुण्ठाको पुत्र यस अर्थमा अणू प्रायय भएर बन्ने रुप कुण्ठा शब्द नाशा या निरोधको वाचन भएकाले जसको नाशा या निरोध छैन त्यो हो वैकुण्ठ ।कुण्ठा नभएको ज्ञान वा स्थान जसको आश्रय छ यस्तो अर्थमा र जीवनलाई नियन्त्रण गर्ने र ज्ञानदिने रुपमा जसको प्रसिद्धि छ।त्यसलाई वा उसलाई नै वैकुण्ठ भनिन्छ ।त्यस्तै महाभारतको शान्ति पर्वमा आफ्ना बहुसंख्यक नामको व्युत्पति भगवान स्वयले बताउनु भएको छ ।त्यसैले गतिनिरोधक गर्नेलाई विकुण्ठ भनिन्छ र त्यो सम्पादन गर्नेलाई वैकुण्ठ भनिन्छ ।जगत् सृष्टि गर्ने क्रममा भगवानले पृथ्वीलाई जलसित आकाशलाई वायुसित र वायुलाई तेजका साथ अविचल हुने गरी मिलाएकाले उहाँको नाम रह्यो वैकुण्ठ ।

यसैले भगवानको नामै वैकुण्ठ भएकाले उहाँ रहने ठाउँको नाम नै वैकुण्ठ रहन गएको छ । यस दिनसके पूजा गर्नु नसकेमा विष्णुका नाम मात्रको उच्चारणले पनि ठूलो पुण्य प्रदान गर्छ र आपत्–विपत बाट वचाउने छ।श्रद्धाभक्ति पूर्वक नामोच्चारण गरिएको छ भने त्यस बाट पुण्य प्राप्त हुनु झन् स्वाभिक नै हो ।तर दुर्भावना राखेर दुष्टै चित्तले उच्चारण गरेको छ भने पनि त्यसले आफ्नो काम गरी छाड्छ।जस्तो थाहा पाएर छोए पनि थाहा नपाई छोए पनि आगोले पोल्ने काम गर्न छोडदैन् । भगवान विष्णु सबै नाम ऐश्वर्य स्वामित्व, व्यापकता, परोपकार, दुष्टदमन, लोकसंरक्षक आदि गुणको सम्बन्धको युक्त भएको हुनु हुन्छ।महाभारतको शान्तिपर्वमा भीष्मसित धेरै कुरा सोधेर बुझिसकेपछि अन्तमा सारतत्व बुझ्न धर्मराज युधिष्ठिरले निवेदन गरेको प्रसंग पनि उल्लेख छ ।कुन धर्म यहाँको दृष्टिमा परामर्श ठानिएको छ र जप्न लायक नाम जो जप गर्दा खेरि व्यक्ति जन्म र संसारको बन्धनबाट मुक्त बन्दक भन्ने क्रममा भीष्मले विष्णु स्तुति गर्दा वा जप्दा नै व्यक्ति सम्पूर्ण दुःखदेखि पार हुन सक्छ भनेबाट पनि विष्णुको महत्व अझ बढी भएको पाइन्छ । भीष्मले गरेको यो स्तुति गानको समय रहेकाले आजको दिन देखिलाई भिष्मपञ्चक भनेर पनि भनिन्छ । देवताका पनि देवता विष्णु सर्वाधिक रुपले पुजनीय मानिनु हन्छ पनि ।ब्राह्मा, विष्णु र महेश्वर तीन देवतामा कुन बढी महान रहेछन् भन्ने परीक्षा गर्न महर्षि भृगुलाई अह्राईयो सबैको उत्सुकता मेटाउन उद्देश्य अनुरुप भृगु जान्छन् परीक्षा गर्न ।

परीक्षा गर्दा मानको चाहना नराख्ने सत्वगुण प्रधान विष्णु नै सबभन्दा ठूला रहेछन् भनी विष्णु कै महिमागान गाइएकाले पनि विष्णु भक्तिपरक यी केही उदाहरण वैकुण्ठ चर्तुदशीलाई सन्दर्भ मानेर उल्लेख भएका हुन् ।हरिबोधनी एकादशीका दिन श्रीहरि वा विष्णु भगवान जागा भै उढेर वैकुण्ठ धाममा चर्तुदशीका दिन पुग्नु हुने भएकाले पनि यो चर्तुदशी वैकुण्ठ चर्तुदशी भनेर भनिन्छ । भगवान विष्णुकै गणस्थल बाट पैदा भएकी भएकाले गण्डकी नाम रहन गएकाले पनि भगवान विष्णुको महत्व माथि प्रकाश पार्दछ ।

दामोदर कुण्ड पनि कालीको शिर मानिएकाले दामोदर पनि भगवान विष्णुसँगको नामसँग सम्बन्ध राखेको छ ।त्यस्तै काठमाडौं उपत्यकामा रहेका र बग्ने दुई प्रसिद्ध नदी मध्ये एकको नाम छ विष्णुमती र जसको उत्पति विष्णुपादुकाबाट भएकाले मानिन्छ । विष्णुपादुका डाँडाको फेदमा रहेको बुढानिलकण्ठ विष्णुमूर्ति मान्यताको साथै कलात्मकताका सृष्टि पनि सुप्रसिद्ध रहेको छ ।अन्त्यमा भगवान विष्णु पालन कर्ताका रुपमा स्थापित भई सबैलाई पालन गरेर रहने क्रममा जागा भई वैकुण्ठाधीपति भगवान वैकुण्ठ धाममा जानु भएकाले वा पुग्नु भएकाले दिन भएकाले धार्मिक तथा पुण्यकृत्यका लागि यो वैकुण्ठ चर्तुदशीलाई बडो भक्तिभाव र आदर सत्कारका रुपमा सबैले मान्नु र अझ वैष्णव जनले झन महिमागान र महत्वपूर्ण दृष्टिबाट स्वीकार्ने भएकाले यसको महत्व रहेको पाइन्छ ।साथै चतुर्मास अवधिभर नारायण भगवान आफु छिर शागरको शेषसैयामा र वली राजाको दरवारमा सयन गरी आफ्नो कार्यभार भगवानले भोलेनाथलाई दिनु भएको साथै हरिबोधनी एकादशीमा भगवान नारायण जागा भएको हुनाले यो दिन भोलेनाथ सृष्टिको कार्यभार भगवान विष्णुलाई सुम्पिएर कैलाशको यात्रामा निस्कनु हुनेछ।

यस अवसरमा भगवान भोलेनाथ महाकालको सुन्दर यात्रा गोपाल मन्दिर पुर्याईन्छ।पालकीबाट भगवान भोलेनाथ उत्तर भएर श्रीहरिलाई तुलसी भेट गर्नु हुनेछ र श्रीहरिले यसको बदला स्वरुप उनलाई बेलपत्र दिनु हुन्छ ।यो सुन्दर प्रसंगलाई हरि र हर मिलनको नामले चिनिन्छ ।यो दिन भगवान शिव ठाँटिएर पालकीमा सवार भएर बाजागाजा सहित भगवान विष्णुको अवतार लिएर श्रीकृष्णलाई भेट्न पुग्नु हुनेछ।बैकुण्ठ चतुर्दशीमा भगवान शिव श्रीहरिसँग स्वयं भेट्न जाने र सृष्टिको सम्पूर्ण भार भगवान विष्णुलाई सुम्पिएर हिमालय पर्वतमा जानु हुन्छ भन्ने मानिन्छ ।

पं-बालमुकुन्द देबकोटा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।