राप्रपाकाे केन्द्रीय सामाजिक विभाग प्रमुखमा युवा नेता विनय रावल मनोनित

2022-09-16   समाचार

काठमाडौं, ३१ भदौ । राप्रपाका प्रभावशाली युवा नेता तथा बर्दिया–२ बाट प्रतिनिधिसभामा चुनाव लड्न लागेका विनय रावललाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आज (शुक्रबार) नेता रावललाई केन्द्रीय सामाजिक विभागको प्रमुखमा मनोनित गरेका छन् । राजनीतिमा सक्रिय हुनुपुर्व नै रावल समाजसेवमा सक्रिय व्यक्तित्व हुन् । यसअघि उनी कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

तर, कांग्रेसले बोकेको राजनीतिक नीतिसँग असन्तुष्ट हुँदै उनले पार्टी परित्याग गरेर राप्रपामा प्रवेश गरेका थिए । बर्दियाको समग्र विकासको लागि अहोरात्र खटिएका युवा नेता रावलको उम्मेदवारीसँगै जिल्लावासीमा खुशियाली छाएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा राम्रो छवि बनाएका रावल समृद्ध बर्दियाको लागि सक्रिय रहदै आएकाछन् ।

रावलले यो जिम्मेवारी पाएसँगै आफूले राजनीति सगै सामाजिक क्षेत्रमा पनी  खरो रुपमा आफ्नो भूमिका निर्वाह गर्ने विश्वास दिलाए । रावलले भने,‘मैले यो जिम्मेवारीलाई इमानदारितका साथ पूरा गर्नेछु, पार्टीले आफु प्रति देखाएको सदाशयता र थपेको जिम्मेवारीलाई आफ्नो धर्म सम्झिएर जिम्मेवारी पूरा गर्नेछु । अझै पनि बेटर बर्दियाको लागि उर्जा लिएर काम गर्नेछु ।’