केदारनाथ को शिर मानिएको डोलेश्वर -भिडियाे सहित

प्रतिभा भट्टराई/ देवभूमि,तपोभूमि, पूण्यभूमि र कर्मभूमि नेपालका अपूर्व धार्मीक महत्व बोकेका तीर्थ स्थल हरु मध्ये एक हो डोलेश्वर महादेव को मन्दिर। सूर्यविनायक नगरपालिका, भक्तपुर सहर, काठमाडौँ र देश कै गौरब बढाउने यो मन्दिर पनि, धेरैजसो शिवालय हरु नदीको तटमा रहने गरेको जस्तै तमसा र धनशा नदिको किनारमा अवस्थित छ।

विमलेश्वर महादेब, र नेवारी भाषामा सिपारे महादेब पनि भनिने यस मन्दिरको शिवलिङ्गको स्वरूप अन्यत्रको भन्दा फरक देख्न सकिन्छ। राँगाको टाउकोको आकारमा रहेकाे ले अन्य शिवलिङ्ग भन्दा फरक् देखिएको र यस शिवलिङ्ग काे दर्शन द्रौपदी सहित पाँच पाण्डव हरुले पनि गरेको विश्वास गरिन्छ।  स्कन्द पुराणको केदार खण्डमा बर्णन गरिए अनुसार, महाभारतको युद्ध पश्चात स्वर्ग जान चाहेका पाण्डव हरुलाई भगवान शंकर को दर्शन गर्ने इच्छा भयो तर युद्धमा आफ्ना हजारौं स्वजन हरूको हत्या गरेका पाण्डव हरुलाई दर्शन नदिने विचारले भोलेनाथ ले भने पाण्डव हरुलाई देखे पछि राँगाको रुप लिएर भाग्न खोजेपनि ,भीमसेन ले शंकर भगवानलाई चिनेर समाउन खोज्दा विभिन्न टुक्रामा विभाजित भई पुच्छर उनको हातमा रहन गयो भने शरीरको भाग त्यही रहन गयो र शिरको भाग चाहिँ उछिट्टिएर हिमालय अर्थात पशुपतिनाथ को शिवलिङ्गमा लिन भयाे भन्ने मान्यता अनुसार पहिले पहिले पशुपति नाथ लाई नै केदारनाथकाे शिर मान्ने गरीएको थियो।

LOADING...

शैव धर्ममा शिवलिङ्ग लाई शिवजी प्रकट हुने र लिन हूने स्थान मानिनु र शिवजी तत्व मात्र भएकाले उक्त शिर पशुपतिनाथको ज्योतिर्लिङ्ग मा लिन भएकाे पौराणिक मान्यता रहनु ले यो विश्वास चलेको भए पनि २०६६ साल भाद्र ६ गते हिमवतकेश्वर वैराग्य, सिंहासनाधिश्वर रावलपवित श्री विभूषित श्री श्री श्री १००८ जगतगुरु भिमाशंकरलिङ्ग शिवाचार्य महास्वामी बाट पौराणिक तथ्य हरु र मान्यताका आधारमा विधिवत डोलेश्वर लाई केदारनाथकाे शिरोभाग घोषणा गरिदिए पछी विश्व भरका हिन्दु हरुमा भएको” केदारनाथ को शिर पसुपतिनाथ” भन्ने भ्रम को निवारण भएको हो।यसरी यो घोषणा सँगै मन्दिरको परिचय खुले पछी विस्तारै विस्तारै देश तथा विदेशबाट समेत श्रद्धालु भक्तजनहरूको भीड यो क्षेत्रमा बढ्न थालेको हो।
एकादशी, प्रदोष तिथि, सोमबार अक्षय तृतीया, शिवरात्री लगायत श्रावण महिना भर र भाद्र ६ गते सम्म चल्ने ३८ दिने श्रावणीमेला भरी चहलपहल रहने यो मन्दिरमा बार्षिक उत्सव भाद्र ६ गतेको दिन चारै ढोका बाट दर्शन खुल्ला गर्ने र भक्त हरु आफैंले पूजा गर्न सक्ने व्यवस्था पनि मिलाईन्छ।