घट्यो सुनचाँदीको मूल्य

2022-01-23   अर्थ

काठमाडौँ, ९ माघ । आज बजारमा सुनचाँदीको मूल्य मूल्य घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सयले रुपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९३ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।