चन्द्रागिरिमा एक युवकको शव फेला

2021-12-30   अपराध

काठमाडौँ, १५ पौष । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ ।प्रहरी परिसर काठमाडौँका वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको हो । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको प्रहरीले जनाएको छ ।