0 COMMENTS

प्रतिभा भट्टराई,काठमाण्डाै १९ कार्तिक०७८/ गरीब जनताको ऋण मुक्त गरी नेपालीको स्वाभिमान बढाउने राष्ट्रीय विभूति शंखधर शाख्वा काे योगदानको कदर गर्दै मनाउन सुरू गरीएको ,नेपालको मौलिक संवतको रुपमा रहेको नेपाल सम्वत (न्हुँदया भिन्तुना) नेवारी समुदायको नयाँ वर्ष ११४२ काे उपलक्ष्यमा तारकेश्वर नगरपालिका काे वडा नं ४ ले , वडाका विशिष्ट व्यक्ति हरु को उपस्थितिमा, वडामा रहेका मुख्य स्थानहरूको परिक्रमा गरिने गरी र्यालीको आयोजना सहित हर्ष उल्लासका साथ मनाएको छ।
दगुर्ने पानी स्थित वडा कार्यालयबाटआफ्नो वडामा भएका जेष्ठ नागरिक हरुको सम्मान र उहाँ हरुकाे हातबाट सगुन लिएर सुरु गरीएको र्याली , शेषमती पुल, लोलाङ गणेश मन्दिर, कमेरे खोला, नयाँ गणेश मन्दिर हुँदै, प्राचीन शक्तिपिठ पुरानो गुह्येश्वरी मन्दिर परिसरमा पुगेर समापन गरीएको थियो।

प्रमुख अतिथि, निवर्तमान सहरी विकास राज्य मंत्री रामवीर मानन्धर, अतिथी सांसद प्रकाश श्रेष्ठ लगायत वडाका वडा अध्यक्ष, सदस्य, टोल सुधार समिति, महिला समूह, संघ संस्थाका विशिष्ठ व्यक्ति हरुकाे उपस्थिति रहेको उक्त र्यालीमा नगरपालिका भरिका संस्कृति झल्काउने बाजा खल , बाँसुरी खल हरुकाे पनि सहभागिता रहेकाे थियाे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।