बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ

2021-07-12   अपराध

सल्यान २८ असार०७८– १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा एकजना वडा सचिवलाई पक्राउ गरेको छ।प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यनाका अनुसार यही असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको आरोपमा कालाथोकीलाई पक्राउ गरिएको हो । तर, युवतीले भने २४ गते मात्र परिवारलाई जानकारी गराएकी थिइन् ।

पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।