कति छ आज सुनको मूल्य ?

2021-06-25   अर्थ

काठमाडौं ११ असार २०७८ । नेपाली बजारमा सुनको मूल्यमा आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९० हजार पाँच सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार पाँच सय रहेको छ भने तेजावी सुनको मूल्य ९० हजार रहेको छ ।

कति छ आज सुनको मूल्य

त्यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । आज चाँदीको मूल्य तोलामा १३०० कायम गरिएको महासंघले जनाएको छ ।