ट्युबमा भाइरल सन्तोषी हत्या प्रकरणः एक युवा पक्राउ

2021-06-24   अपराध

काठमाडौं १०असार २०७८ /काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बाको हत्या अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । हत्या अभियोगमा सिन्धुपाल्चोक स्थायी ठेगाना भएका सुरेश तिमल्सिनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनी दक्षिणकालीस्थित वर्कशपमा कार्यरत रहेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई आजै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।

पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सुब्बाको रहेको बुधबार प्रहरीले पुष्टि गरेको थियो । प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो ।प्रहरीका अनुसार टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको अवस्थामा शव फेला परेको थियो ।