मृगौला पीडितलाई सहयोग

2021-06-19   समाचार

काठमाडौं, असार ५ गते ।मृगौला रोगबाट पीडित फुलमाया तामाङलाई आर्थिक सहयोगका साथै खाद्यान्न राहत स्वरुप शनिबार प्रदान गरिएको छ ।
तेक्वान्दो प्रशिक्षक एवं निर्णाक अशोक खड्को पहलमा आर्थिक समस्यामा परेकी पीडित तामाङलाई सहयोग गरिएको हो । ललितपुरको कुपण्डोलस्थित ज्वागल १० मा डेरा गरी बस्दै आएकी पीडितलाई ५ हजार नगद र २ हजार ७ सय रुपैयाँ बराबरको खाद्यान्न राहत स्वरुप प्रदान गरिएको थियो ।


तामाङ विगत ४ वर्षदेखि मृगौलाको उपचार गराइ रहेकी छन् । खड्काले निवासमै पुगेर राहत वितरण गरे । यसअघिको लकडाउनका बेला पनि तामाङ परिवारलाई खड्काकै पहलमा राहत स्वरुप खाद्यान्न प्रदान गरिएको थियो ।