0 COMMENTS

 २०७८/०२/२३ बिगत लामो समयदेखि “राज संस्था एवं हिन्दु अधिराज्य पुनःस्थापना” लगायतका बिभिन मागहरु राखी चरणबद्ध आन्दोलनरत जनतान्त्रिक तराई मुक्ति मोर्चाले जारी राष्ट्रवादी आन्दोलनलाई निर्णायक बनाउन “राष्ट्रिय नागरिक संवाद अभियान” लाई निरन्तरता दिंदै आफ्नो संगठन विस्तार कार्यलाई युद्ध स्तरमा अगाडी बढाएको देखिन्छ । यसैक्रममा मोर्चाले पदिय जिम्मेवारीका साथ मधेशमा युवा नेतृत्वलाई अगाडी सार्दै निर्णायक आन्दोलनको तैयारी थालेको बुझिदैछ । आज फेरी जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले एक प्रेस वक्तव्य जारी गरि विभिन्न समाजसेवी एवं क्रान्तिकारी राष्ट्रवादी बिचारधाराका युवाहरुलाई मोर्चाको नेतृत्व तहमा मनोनीत गरिएको जनाएका छन ।

डा. मुक्ति द्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ,

आदरणीय जनसमुदाय एवं संचारकर्मी मित्रहरु,

हाम्रो महान क्रान्तिकारी गौरवशाली मोर्चा “जनतान्त्रिक तराई मुक्ति मोर्चा” को अगुवाइ एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानको सक्रिय सहकार्यमा हामी विगत लामो समयदेखि सडक संघर्षरत रहेको तथ्य सर्वविदित नै छ । दसकौं देखिको देशमा ब्याप्त सबैखाले बेथिति, अराजकता, कु-शासन, अब्यवस्था, लूट-खसोट, राज्य आतंक, विभिन्न प्रकारले बढ्दै गरेको उदाङ्गो वैदेशिक हस्तक्षेपका विरुद्ध एवं “राज-संस्था सहितको हिन्दु अधिराज्य पुनःस्थापना” हेतुँ जारी “राष्ट्रवादी आन्दोलन” लाई निर्णायक बनाउन हाम्रै नेतृत्वमा देशव्यापी रुपमा संचालन गरिएको “नागरिक संवाद अभियान” मा आम देशभक्त राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली जनसमुदाय उल्लेख्य रुपमा गोलबन्द हुँदैगएको तथ्य पनि यहाँहरु सबैलाई अवगत नै छ ।
यसैक्रममा बिगत लामो समय देखि राष्ट्रिय नागरिक आन्दोलन एवं राष्ट्र बचाउ अभियान मा विभिन्न रुपले सक्रिय रहि जारी राष्ट्रवादी आन्दोलनलाई सक्रिय रुपमा साथ, सहयोग पुर्याउँदै निर्णाक भुमिका खेलिरहनु भएका तपशिलका युवा समाजसेवी एवं क्रान्तिकारी तथा राष्ट्रवादी बिचारधाराका देशभक्त ब्याक्तित्वहरुलाई आजैको तिथि-मिति देखि लागु हुनेगरी जनतान्त्रिक तराई मुक्ति मोर्चाको निम्नलिखित जिम्मेवारीमा मनोनीत गरिएको ब्यहोरा सबैमा जानकारी गराउँदछौं । साथै सबैलाई “जनतान्त्रिक परिवारमा स्वागत साथ हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना पनि व्यक्त गर्दछु” ।

मनोनीत साथ तोकिएका जिम्मेवारीहरु :-
१) श्री जगदेव यादव ज्युको सुपुत्र जिल्ला महोत्तरी औरही नगरपालिका-५ श्रीपुर घर भएका “श्री लक्ष्मीनारायण यादव” ज्युलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा को “केन्द्रिय सदस्य” पदमा मनोनीत गरिएको छ ।

२) जिल्ला सिरहा भगवानपुर गाउँपालिका ईनरुवा बस्ने श्री भोगेन्द्र मण्डल ज्युलाई “जनतान्त्रिक युवा संघ” सिरहा जिल्ला संयोजक पदमा मनोनित गरिएको छ ।

३) सिरहा जिल्लाको लहान नगरपालिका का विभिन्न वाडहरुमा जनतान्त्रिक तराई मुक्ति मोर्चाको वाड कमिटी निर्माण गरि केन्द्रिय सचिवालयलाई सिफारिस साथ पठाइएका विवरणहरुलाई सदर गरिएको छ ।

जारी मिति :- २०७८/०२/२३ गते आइतबार 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।