0 COMMENTS

काठमाडाैं २०७८ बैशाख २५, कोरोना संक्रमणबाट नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । ४० वर्षीय दाहाललाई वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

घरमै आइसोलेसनमा रहेका उनलाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको बिहान उपचारको क्रममा निधन भएको महासंघका महासचिव रोशन पुरीले बताए ।

महासंघले उनको निधनप्रति शोक प्रकट गरेको छ। एक विज्ञप्ति जारी गर्दै महासंघले उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको जनाएको छ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए। पत्रकार दाहाल पछिल्लो समय सिपोष्ट न्यूज डटकमका सम्पादक÷प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए। स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन् ।

उनी नेप्लिज तेक्वान्दो एकेडेमिका उपाध्यक्ष पनि हुन । दाहालको निधनप्रति तेक्वान्दोका मुख्य प्रशिक्षक नविनकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् ।कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ भने । ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।