0 COMMENTS

काठमाडौं ४बैशाख०७८ । मुलुकको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक बोलाएका छन् । ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले संसदमा रहेका सबै राजनीतिक दललाई सर्वदलीय बैठकमा सहभागी हुन आग्रह गरिएको जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद् अधिवेशन, बढ्दो कोरोना संक्रमण तथा रोकथामलगायतका समसामयिक विषयमा छलफल हुने सल्लाहकार थापाले जानकारी दिएका छन । एमालेले नेतृत्व गरेका प्रदेश सरकारहरू अस्थिर बन्न लागिरेका बेला ओलीले सर्वदलीय बैठक बोलाएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।