0 COMMENTS

काठमाडौ एक प्रतिष्ठित हलमा करिब छ /सात महिना पहिले म एउटी साथीकाे पुस्तक विमाेचन कार्यक्रममा सहभागी भएकी थिएं । मेरी मिल्ने साथीकाे पुस्तक विमाेचन भएकाले पनि म कार्यक्रममा गएकी थिएं । कार्यक्रमकाे प्रमुख अतिथि वरिष्ठ नेता र कुनै बेलाकाे पूर्व प्रधानमन्त्री थिए । उनी मलाई पनि मनपर्ने नेता थिए । नयाँ नेपालकाे खाका कायम गरी देशमा अमनचैन र सुशासनकाे व्यवस्था स्थापित गर्न उनले निर्वाह गरेकाे भूमिकालाई मैले राम्रोसँग बुझेकी थिएं । पुस्तक विमाेचन कार्यक्रम समापन भइसकेपछि प्रमुख अतिथिकाे हस्ताक्षर लिनेहरु लाम लागेका थिए । विमाेचन भएकाे पुस्तक किनेर म पनि लाइनमा उभिएं । मेराे पालाे अाएपछि विमाेचित पुस्तकमा प्रमुख अतिथिकाे हस्ताक्षर लिएं । मैले मेराे परिचय दिदै मैले मनपर्ने नेता भएकाले अढाई वर्षअघि मेराे कृति “नारी संघर्ष ” उनलाई उपहारस्वरूप दिएकी थिएं । मेराे रुचि भनेकाे अाफ्नाे भन्दा पनि अरुकाे फाेटाे मलाई खिंच्नु हाे । मलाई खासै इच्छा लाग्दैन, कुनै नेता र मन्त्रीहरूसँग बसेर फाेटाे खिंच्न।

मलाई मनपर्ने नेता र कार्यक्रममा प्रमुख अतिथि भएका र अन्य अतिथिहरुसंग कार्यक्रमकाे स्टेजनिर पनि मैले फाेटाे खिंचें । अगाडीमा राेमा मलगायत मेरी साथी र अरु गन्यमान्य उभिएकी थिए । पछाडिको राेमा प्रमुख अतिथि र कार्यक्रमका अतिथिहरु फाेटाे खिंचाउन उभिएका थिए । त्यतिबेला फाेटाे खिंचाउंदा पछाडिबाट मेराे कांधमा कुनै पुरुषकाे दुईटा बलिस्ठ हातले समात्याे । मेराे कांधमा कस्ले समातिएको रहेछ भनेर मैले पछाडितिर हेरें । त्यतिबेला म झसङ्ग भएं…! मेराे मन र मस्तिष्कमा भूकम्प गएकाेजस्तो भान भाे मलाई । मेराे कांधमा छुने मान्छे त मलाई मनपर्ने नेता यानेकि त्यही कार्यक्रमकाे प्रमुख अतिथि थियाे । कुनै बेला अमेरिकाकाे पूर्वराष्ट्रपति विल किन्टनले लेबिन्की थरकी एक महिलालाई याैन हिंसा गरेकाे मिडियामा चर्चाकाे विषय बनेकाे थियाे । संसारकाे विकसित देशमा पनि नारीमाथिकाे हिंसात्मक घटना भएको देखिन्छ । नेपालकाे परिपेक्षमा नेता, मन्त्री र उच्च अाेहाेदा पुगेका व्यक्तिले नारीमाथि गरिने हिंसाकाे कुरा सुन्नमा मात्र हाेइन । म नै त्यसकाे साक्षी र प्रमाण भएकी छु ।

मैले अास्था गरेकाे देशकाे नेता त्यसमाथि पनि पहिले प्रधानमन्त्री भइसकेका नेताले गरेको मप्रति हिम्मतिलाे हर्कत देखेर दुखित छु । लाेकतन्त्र र गणतन्त्रमा विस्वास गर्ने र जनताकाे लागि सेवामा जीवन अर्पेका वरिष्ठ नेताले नारीमाथि सार्वजनिक ठाउँमा जुन हिंसा गर्याे, त्यो देखेर मेराे मनमा पीडामात्र हाेइन वितृष्णा पैदा भएकाे छ । कुनै पुरुषले कुनै पनि सार्वजनिक ठाउँमा छाेरीमान्छेकाे इच्छा विपरित उसलाई शरिरमा छुने अधिकार छैन । याे अति नै निन्दनीय र दुराचारीपूर्ण कुरा हाे। त्यतिबेला नै मैले मेरी साथीलाई भन्न खाेजेकी थिएं तर त्यतिबेला उनकाे फुर्सद थिएन , उनकाे अाफ्नाे पुस्तक विमाेचन जाे थियाे । फेरि म मेरी साथीकाे कार्यक्रमलाई विथाेल्न चाहन्दिनथें । र मैले अाफ्नाे गुनासो उनलाई पछि भनुंला भनेकी थिएं तर माैका मिलेन ।

अरुबाट पनि मैले त्याे हिंस्रक नेताकाे नारीप्रति हेर्ने दृष्टिकोण र उनले गर्ने हर्कतकाे बारेमा सुनेकी थिएं तर मैले विस्वास गरेकी थिइन । जब ममाथि नै उसले त्यस्तो निन्दनीय हर्कत गर्याे बल्ल मैले विस्वास गरें । नारीकाे हक र हितकाे लागि पैरवी गर्ने मलाई यस्तो निन्दनीय हिंसा गर्छ भने, देशकाे कुना कन्दरामा छाेरीमान्छेकाे हालत कस्तो हाेला ? ठम्याउन गाह्राे नपर्ला । उसले मजस्ता कयौं नारीप्रति गरेकाे हर्कतकाे पाइ पाइ हिसाब राख्न र नारीहरुकाे इज्जतमाथि खेलवाड गर्नेलाई कति भारी पर्ने छ, त्याे न्यायकाे लागि म माैकाकाे पर्खाइमा छु । त्याे दिन धेरै टाढा छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।