0 COMMENTS

अस्ति पनि युद्ध लडे
हिजो पनि युद्ध लडे
पटक पटक बिश्व युद्ध लडे
मेरा बिगतका युद्धमा
मैले चिनेका शत्रु मारे
शत्रुको परिभाषा भित्र
छिमेकी धेरै मान्छेहरु पारे
यसरी मैले युद्धमा
मेरो अभिमानको बन्दुकले
बन्धुत्वको स्वाभिमान लाई मारे
पछि चाल पाए
यदुवंशी युद्धमा
अन्ततः म आफै हारे
भाग्य वस म मरिन
कारण
मर्ने र मारिने भित्र म परिन ।

आज पनि म युद्ध लड्दैछु
बिगत भन्दा फरक युद्धमा भिड्दैछु
युद्धका धेरै कारणहरु छन
मेरा विरुद्ध धेरै फिराद हरु छन
जैविक अस्तित्व बिरुद्ध
मैले गरेका अपराध हरु छन
अपराध विरुद्ध गवाही दिने
प्राणी जगतका असंख्य निरापराध हरु छन

अनौठो यो युद्धमा
मेरा विरुद्ध अदृश्य बन्दुक उठाउने
चराचरका असंख्य हकदार हरु छन
ब्रह्माण्डका इमान्दार चौकिदार हरु छन
शाश्वत सत्यका पहरेदार हरु छन
साम्यवादी अस्तित्वका धेरै साझेदार हरु छन
अरु धेरै बाहेक
निशब्द मृत्युको कोलाहल ब्युझाउने
यमराजका भारदार हरु पनि छन

उराठ लाग्दो छ युद्ध
पुरानो हेरि धेरै बिरानो छ युद्ध
युद्धमा नगरा बज्दैनन
सुनसान युद्ध भुमिमा
आकाश बाट बमगोला खस्दैनन
निर्जन युद्ध मैदानमा
रगतका नदिहरु बग्दैनन
तर आफैमा सम्पुर्ण छ युद्ध
चुप चाप रुदैछ
आजको युद्धमा मेरो बुद्ध

अस्तित्वको यो फरक बिश्व युद्धमा
स्तब्द भुगोल
निशब्द युद्धमा भिड्दैछ
मेरो अस्तित्व मेरै कारण
लुकेर मृत्यु विरुद्ध
फरक युद्ध लड्दैछ ।

अस्तु

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।