0 COMMENTS

प्रतिभा भट्टराई /सम्पूर्ण धर्म हरुको मूल जरो को रूपमा रहेको अनि८० प्रतिशत जनताले मान्ने गरेको हिन्दू धर्म र त्यसभित्र पर्ने चार वेद अनि अठार पुराण ले सुसज्जित हाम्रो संस्कृति जस्मा विभिन्न महिना तिथि अनि पर्व हरुको अधिक महत्व हुने गर्दछ। ती मध्ये माघ महिनाको महत्व र स्वस्थानी ब्रतकथा को महिमा पनि कम छैन। साँझ पख सबै परिवार हरुका साथ स्वस्थानी कथा भन्ने ,सुन्ने र प्रसाद बाँडेर खानुको मजा सम्झनामा मात्र सीमित पार्ने काम नयाँ नयाँ प्रविधि हरुको विकासले गरेको भएता पनि एक महिना सम्म सालिनदिमा लाग्ने गरेको मेलामा देखिएको भीड कसैले कर गरेर पठाएको हैन।

आदि शक्ति मानिएकी स्वस्थानी माता जस्ले त्रिदेव (ब्रम्हा,बिष्णु र महेश्वर) को सृष्टि गरी जगत सञ्चालनको आज्ञा दिइन जो एक बाट त्रिरुप र आबस्यक परे अनेकौं रूपमा विभाजित भई देवताहरू द्वारा ध्यान गरिने योगमाया, महामाया तथा भुवनेश्वरी को नामले तीन लोक र चौध भूवनकी अधिष्ठात्री देवीको महिमा वर्णन गरिएको उक्त कथामा विधिपूर्वक व्रत गरे यस्तो फल प्राप्त हुन्छ भनेर बताइएको छ  गर्नै पर्छ भनेर कसैलाई कर गरिएको छैन। देवभूमि, तपोभूमि र कर्म भूमि भएका कारण नेपालमा बस्ने व्यक्तिहरूले भोगभुमिमा बस्ने मानिसहरूको देखासिखी गरेर आफूलाई दाँज्नु भन्दा सनातन हिन्दु धर्म भित्रका कर्म हरु गरी आफ्नो जीवन सफल बनाउनु आफ्नै लागि उचित हो तर आफूलाई मन लागेको काम गर्न पनि कसैलाई बन्देज लगाइएको छैन ।फरक छ त काम पुरस्कार पाउने वाला छ वा सजाए ? अथवा प्रसंशा पाइने छ वा गाली भन्ने मात्र हो। सरकारले तोकेका दण्ड हरुमा पनि प्रमाण नष्ट गर्न सके र पैसाको चलखेल गर्न सके केही समय बच्न सकिएला तर ढिलै भएपनि भगवानले दिने अदृश्य सजायमा भने कसैको पैसा अनि पदले साथ दिँदैन।

स्वस्थानी कथा लाई नै आधार मान्ने हो भने पनि रानी हुन आँटेकी चन्द्राबतिले माता स्वस्थानी माता को प्रसाद थु थु गरी खुट्टाले कुल्चिएर मिल्काएकी थिईन जुनबेला उनको हात कसैले समाएको थिएन। त्यसैगरी आफूलाई मन लागे स्वस्थानी को महिमा नमान्न र किताब च्यात्न अहिले पनि सकिन्छ हाेला तर अरूलाई कर लगाउन मिल्दैन भने कारण सहित त्यो कथाको सट्टा मानव कल्याणका लागि उचित कामहरू लेख्न र गर्न पनि सक्नु पर्छ। 

नवराज राजाले सुखसयल का साथ राजकाज गरिरहँदा चन्द्रा वतिले भोगेकी दुःख लाई कस्ले टार्न सकेको थियो र। उनी पुल भत्किएर खोला मा खसेकी कुरा भगवानकाे आस्था नराख्ने हरुले भवितव्य भनेर मान्लान् र विश्वास गर्ने हरुले स्वस्थानीको निन्दा गरेको फल। तर तर्क जसरी पनि गर्न सकिने भए पनि आफूलाई परेको दुःख छिमेकीले भोगिदिने भए त के थियो र ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।