0 COMMENTS

सरकारि , सार्वजनिक वा सबै नागरिक हरुकाे बराबर अधिकार रहेको जग्गा पछिल्लो समय ब्यक्ति हरुले अतिक्रमण गरेर अाफ्नाे बनाउने क्रम बढेको छ । बाटो , गुठी , सडक , बनजंगल , खाेलाका किनार , धार्मिक स्थल हरु रहेका ठाउँ , बगैंचा , भिर पहरा, चरन क्षेत्र हरु पहुँच वाला र बाठा टाठा हरुले सिङ्गै समाज लाई पेलेर अाफ्नाे कब्जा गरेको देखिन्छ ।

राजधानीकै रहेका सरकारि जग्गा समेत भु- माफिया र मालपोत कर्मचारी काे मिलेमतोमा अतिक्रमण हुन थालेको समाचार अाएकाे छ । पछिल्लो समय बालुवाटारकाे सरकारि जग्गा समेत बिक्री भएको खवरले याे मुलुकमा भु-माफियाको शक्ति कति बलियो र सरकारकाे शक्ति कति कमजोर रहेछ भन्ने स्पष्ट हुन्छ हुनत सुन काण्ड , निर्मला हत्या प्रकरण , समयमै काम नगर्ने ठेकेदार लाई कार्वाही , यातायातको सिण्डिकेट जस्ता प्रकरणमा सरकारकाे उपस्थिति कमजोर देखिएकाे छ र सरकारकाे त्यै कमजोरीकाे मजबुत रुपमा फाइदा उठाएर अाफ्नाे स्वार्थ पुर्ति गरेका छन् गलत ब्यक्ति हरुले । भ्रष्ट , तस्कर , ठग , लुटेरा , बलात्कारि हरुकाे लागि त याे सुनाैलाे माैका हाे किनकि अपराधमा संलग्न लाई कार्वाही हुदैन जसले गर्दा अपराध झन् बढेको छ । दुई तिहाईकाे बलियो र स्थिर सरकार भनेपनि राजनीतिक पार्टीका अा- अाफ्नै स्वार्थ र पार्टी भित्रका गुट उपगुट का नेताहरू का स्वार्थ जाेडिने हुनाले अपराधी ठहरिए भएपनि कार्वाही हुदैन । एउटा बलियो पार्टी ठुलो नेता वा शक्तिकाे अाडमा उसले निर्धक्क रुपमा अपराध गर्छ र त्यसलाई संरक्षण हुन्छ ।

ऐले मुलुक भरका सरकारि जग्गा हरुकाे खाेजि गर्ने हाे भने धेरै भु – माफियाको कब्जामा छन् । प्राकृतिक स्राेत साधनको चरम दुरुपयोग बढेको छ जसले दुर्घटना समेत निम्त्याएको छ । राज्यको उपस्थित यस्तै रहने हाे भने सबै सरकारि जग्गा ब्यक्ति हरुकाे कब्जामा हुन्छन् जुन राष्ट्रिय समस्या हुनसक्छ । निर्वाचन जित्नकाे लागि मागिएको अार्थिक सहयोगकाे कारण निर्वाचन जितेर गएपछि नुनको साेझाे गर्नुपर्ने हुनाले गलत काम गर्ने लाई कार्वाही गर्न नसकिएको हुनसक्छ । अबैध धन्धा गर्ने हरुलाई सरकारले अनुहार नहेरी ठाउँको ठाउँ कडा कार्वाही गर्ने हाे भने खराब काम गर्ने हरुकाे मनाेवल बढ्ने थिएन । देशैभरका सरकारि जग्गा हरुकाे तत्कालै सरकारले खाेजि गर्नुपर्छ अतिक्रम गर्ने माफिया हरु लाई जेल हाल्नु पर्छ । दुई तिहाइकाे बलियो कम्युनिस्ट सरकारले पनि अपराध , अबैध धन्धा र बिचाैलिया नियन्त्रण गर्न सकेन भने अरुबाट अासा नगरे हुन्छ । अाम नागरिक हरुले शान्ति , सुसासन , बिकासकाे लागि निर्वाचनमा भाेट दिएर जिताएका हुन् हेक्का रहाेस् :जय स्वाभिमान ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।