0 COMMENTS

कतिपय लाई लाग्न सक्छ एउटा रुख राेपेकाे कुरा कतै समाचार बन्छ ? रुख राेप्नु के ठुलो कुरा हाे ? एउटा रुख राेपेकाे कुरा यति ठुलो बहसको बिषय हुन सक्छ ? के याे एउटा सस्तो लाेकप्रियताका लागि गरिएको सामान्य प्रचारमुखि काम मात्रै हाेईन र ?

निश्चितरूपमा तपाईं हरुकाे तर्क जायज हुन् तर कतिपय अवस्थामा हामीले हल्का ढंगबाट हेरिरहेको बिषय बस्तुमा गहिरिएर अध्यान गर्ने हाे यसकाे ठुलो महत्त्व पनि हुन सक्छ। एउटा ब्यक्तिले एउटा वृक्ष राेप्नु कुनै ठुलो कुरा हाेईन याे कार्य हामीले बेला बखत गरिरहेका हुन्छौं । अाफ्नै निजि जमिनमा सामुदायिक बनहरुमा वा खालि रहेका ठाउँ हरुमा तर एउटा ठुलो उद्देश्य र सम्पूर्ण मानव जाति लाई सकारात्मक सन्देश दिने लक्ष्य राखेर चलाईएकाे बृक्षराेपण अभियानकाे भने अलि गहिरिएर साेच्नु पर्ने हुन्छ ।

वृक्ष बिना मानव जिवनकाे कल्पना गर्न सकिदैन यस्तो अत्यन्तै महत्त्वपूर्ण बिषय लाई हामी हल्का ढंगले लिन कसरी सक्छौं ? अाज बिश्व वातावरण सन्तुलनमा देखिएकाे नकारात्मक असरले मानव जीवनमा खतरा उत्पन्न हुदैछ उद्योग धन्धा कलकारखाना बाट निस्केको खराब धुवा बालि नालिमा अत्यधिक मात्रामा बिषादिकाे प्रयोग काे कारण वायुमण्डल प्रदुषण बढ्दै गएको छ , पृथ्वीमा भएको प्राकृति स्रोत साधनको दाेहन बढ्दो छ , कहिले अत्यधिक वर्षा कहिले पानी नपर्नु , जंगल फंडानिले बाढी पहिरो भु क्षय , विभिन्न घातक राेगहरु काे बढ्दो असर , पानीका मुहान हरु सुक्ने क्रम जारी , बन्यजन्तु हरुकाे लाेप लगाएतका थुप्रै गम्भीर असर देखिएको छ ।

काठ तस्करी काे कारणले बनजंगल तिब्र फँडानी , ठुला ठुला अायाेजना निर्माणका लागि हुने जंगल बिनासले पनि वातावरणमा प्रतिकुल प्रभाव पारेको छ । माथि उल्लेखित गम्भीर समस्या देखा परेकोले बृक्षराेपण अभियान सुरु गर्नु अावस्यक छ । बिश्व वातावरण सन्तुलन का लागि बृक्षराेपण , एक ब्यक्ति न्युनतम बार्षिक एक बृक्षराेपण , जन्मदिनमा बृक्षराेपण अभियान २०७५ साल मंसिर २९ गते लमजुङको बेसीशहर नगरपालिका बाट सुरु भएको छ । यदि याे अभियान लाई हल्का ढंगले परिभाषित गर्दा माथि उल्लेखित गम्भीर समस्याका बारेमा तपाईंको प्रतिक्रिया के हुनेछ ? सरकारि सामुदायिक लगाएत निजि बन हरु हराभरा बनाउने , बाँझै जमिनमा फलफूलका भनेपनि बृक्षराेपण गर्ने , सडक दायाँबायाँ हरियाली बनाउने यसकाे उद्देश्य हाे । जन्मदिनमा नै बृक्षराेपण किन भन्ने प्रश्न ? हामी नेपाली अाफ्नाे माैलिकताकाे संरक्षणमा जुट्नुपर्छ । केही बर्ष पहिले चासोको बिषय नभएको जन्मदिन पछिल्लो समय बालक देखि बृद्धअबश्था भएका हरुले समेत मनाउन थालेका छन् जन्मदिन मनाउदा शुभ कार्यमा हामी मैन बत्ती निभाएर केक काट्नु गलत हाे ।

हाम्रो पुर्बिय दर्शनमा त्यसलाई ठिक मानिदैन । हाम्रो राष्ट्रिय पहिचानको लागि सकेसम्म बिदेशी संकृति भित्र्याउन नदिने यदि भित्रीहालेमा त्यसलाई अाफु अनुसार प्रयोग गर्ने उद्देश्यले हामीले जन्मदिनमा मैनबत्ति निभाएर केक काट्नु भन्दा बृक्षराेपण गरेर जन्मदिन मनाउने अवधारणा लाई अगाडि बढाएका हाै । सबैले अा अाफ्नाे तरिकाले जन्मदिन मनाउन पाउनुपर्छ त्यसमा अन्यथा हाेईन तर बृक्षराेपण गरेर जन्मदिन मनाउने अवधारणा सर्बमान्य हुनेछ भन्ने हाम्रो तर्क हाे । जन्मदिन मा बृक्षराेपणले एकातर्फ वातावरण सन्तुलन अर्कोतर्फ नेपाली माैलिकताकाे रक्षा हुनेछ । बिश्व काे एउटामात्र स्वाधीन राष्ट्र नेपाल बाट नै बिश्व समुदाय लाई रचनात्मक र सकारात्मक सन्देश दिन सक्नुपर्छ । नेपाल मा जन्मिएका बुद्धकाे बिचार लाई अाज संसारले मानेको छ । बिश्वकाे शिर सगरमाथा काे देश नेपाल बाट बिश्व वातावरण सन्तुलन मा सकारात्मक सन्देश दिन जरुरी छ । नेपालमा रहेका ३ करोड नेपाली नागरिक हरुले मात्रै हाेईन संसारभरका झण्डै ७ अरब मानिस हरुले अाफ्नाे जन्मदिनमा बृक्षराेपण गरुन् भन्ने अभियानकाे उद्देश्य हाे । सम्भावना भएसम्म जमिनमा नभए गमलामा भनेपनि बृक्षराेपण गरेर बिश्व वातावरण सन्तुलन कायम राख्न सहयोग हुनेछ ।

वातावरण काे प्रतिकुलताका कारण मानव स्वास्थ्यमा गम्भीर असर परेको , मानव जीवन कष्टकर बनेको र मानव सभ्यता नै खतरामा पर्न सक्ने अवस्था अाउन नदिन समयमै सचेत बन्न अभियानले सबैलाई अपिल गरेको छ । बिश्वका भरका विभिन्न मुलुक हरुले वातावरण संरक्षणमा अाफ्नाे ठाउँबाट हुने र सकिने जति सहयोग गरून् । नेपाल काे हकमा भने कृषि क्षेत्रमा प्रयोग गरिने बिषादि बन्द , रासायनिक मलकाे प्रयोग बन्द , खालि जमिन रुखमात्रै हुने भए रुख राेप्ने र कृषिकाे प्रयोगमा अाउने जमिनमा फलफूल लगाउने , प्राकृतिक स्रोत साधनको दाेहन राेक्ने कार्य गर्न सके अभियानमा सहयोग पुग्नेछ । याे एउटा सन्देश प्रवाह गर्ने अभियानमा साथ दिनुहुन सम्पूर्ण राजनीतिक दल, कर्मचारी , संचारकर्मि , बुद्धिजीवी , समाजसेवी , बिद्यार्थी , कलाकार , सबै संघ संगठनमा अावद्ध ब्यक्ति हरु लगाएत सम्पूर्ण जनसमुदाय हरुमा अभियान बिनम्र अपिल छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।