0 COMMENTS

मिलन चाम्लिङ,१२ चैत्र ,धरान/  धरान अन्तरराष्ट्रिय हरियाली मञ्च, साँस्कृतिक समुहले विदेशबाट यातना पाएर फर्किएकी शान्ता राईलाई आत्मनिर्भर बन्न सहयोग गरेको छ ।समुहले आज राईको धरान १९, पर्वत मार्गस्थित सिलाई कटाई सेन्टरमा पुगेर सहयोग हस्तान्तरण गरेको हो । राईलाई आवश्यक पर्ने ३ वटा मेशिन र एउटा छुट्टै इलेक्ट्रिक मेशिन सहयोग गरिएको समुहकी अध्यक्ष कुमारी नाछिरिङ राईले जानकारी दिइन् । उनका अनुसार राईको एउटा मात्र खुट्टा चल्ने भएकोले उनको लागि अलग्गै मेशिन सहयोग गरिएको हो । ‘हामीले फागुन १७ गते सहयोगार्थ लोक साँस्कृतिक नृत्य प्रतियोगिता आयोजाना गरेका थियौ, त्यस कार्यक्रमबाट बचेको केही रकम र संस्थाको पहलमा जुटेको सहयोग रकमले उहाँलाई आवश्यक सामानहरु दिएका हौ,’अध्यक्ष राईले भनिन् ।

समुहको पहलमा आज ३ वटा कपडा सिलाउने नर्मल मेशिन, एउटा इलेक्ट्रिक मेशिन, कैची, धागोलगायत आवश्यक सामग्रीहरु प्रदान गरिएको थियो । ती सामगीहरु अध्यक्ष राईसँगै हरियाली मञ्चका राजदुत विशाल राईले हस्तान्तरण गरेका थिए । करिब ८० हजार बराबारको सामाग्री सहयोग गरिएको संस्थाले जनाएको छ । भोजपुर माइती घर भएकी शान्ता राई वैदेशिक रोजगारीमा इराक पुगेकी थिइन् ।

त्यहाँ शारिरीक यातना पाएर उनी दयनीय र अशक्त अवस्थामा नेपाल फर्किएकी थिइन् । उनको खुट्टा एउटा मात्र चल्छ भने ढाडमा पनि गहिरो असर परेको छ । उनी एकल महिला हुन् । हाल धरान ११ मा डेरा गरी बस्दै आएकी छिन् । सिलाई कटाई सिकेकी उनले गरिखाने आधार यही भएको बताएपछि संस्थाले सहयोग गरेको समुहकी अध्यक्ष नाछिरिङ राईले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।