0 COMMENTS

लाखौंलाख नेपाली नागरिकको मन छुने समसामयिक देशकाे बर्तमान यथार्थलाई चित्रण गरेर बनाईयकाे गीत सर्वहारा जनताले धेरै गीत प्रेमिहरुकाे मन जित्न सफल भएको छ । सर्वसाधारण नागरिक , गरिब , निमुखा षाेषित पिडितकाे पक्षमा अावाज उठाएर राज्यसत्ता चलाउने हरुलाई खवरदारि गरेको याे गीतले साेचेभन्दा धेरै सफलता हासिल गरेको छ ।

गीतप्रेमिहरुले याे गीत सुन्दा अरुभन्दा फरक अनुभुती गरेको बताएका छन् । सधैं माया पिरतिका गीत भन्दा राष्ट्रिय भावनाले अाेतप्राेत याे गीतकाे छुट्टै र विशेष महत्त्व छ । लाखौंलाख नागरिकको माया पाएरनै हाेला याे गीत याे बर्षकाे उत्कृष्ट ५ गीत भित्र पर्न सफल भएको छ । राष्ट्रिय लाेक तथा दाेहाेरि गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय समिति द्वारा अायाेजित यही मंसिर २९ गते हुन गइरहेको लाेक दाेहाेरि अवार्डमा लाखौंलाख गीतप्रेमि हरुले देखाएको मायाले याे गीत पहिलो हुने सम्भावना बढेको छ ।

यसकाे सुनिश्चितताकाे लागि जसरी गीत सुनेर माया गर्नुभएको थियोे त्यसैगरी भाेट गरेर अवार्ड पाउन सफल पहिलो गीत बनाईदिन कलाकारहरुले बिनम्र अनुरोध गरेका छन् । हजुरहरुकाे एक भाेटकाे हामी सधैं ऋणि रहनेछाैं उहाँहरुकाे भनाइ छ । कलाकार सुबास कुँवर र सर्मिला थापाकाे स्वर शब्द राजेन्द्र सुबेदिकाे रहेको याे गीत लाई माया गरेर भाेट हाल्ने तरिका समेत बताएका छन् हाम्रो पनि शुभकामना छ याे गीत अवार्ड जित्न सफल हाेस् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।