0 COMMENTS

यौन(सेक्स) पनि जीवनको महत्वपूर्ण भाग हो । यसको उचित व्यवस्थापन र उपचारको अभावमा मानिसहरु ठूला ठूला समस्यामा पर्ने गरेका उदाहरण पनि छन् ।यौन(सेक्स)लाई दक्षिण एसियामा हदैसम्म गोपनियता राख्दा बलात्कार जस्ता यौन मनोरोग तथा अपराध बढेको तथ्याङ्क पनि उत्तिैकै छ ।

त्यसैले यौन(सेक्स) सम्बन्धमा प्रेम, भरोषा र आकर्षण तीनै कुराको आवश्यकता पर्दछ । यदि तपाईको पार्टनरले तपाईलाई अकर्षण गर्न सकिरहेको छैन भने तपाईहरुबीचको सम्बन्ध पनि त्यति नै फितलो हुनसक्छ । यसमा तपाईको भूमिका पनि त्यतिकै महत्वपूर्ण हुन्छ जति तपाईको पार्टनरको ।

तपाईहरु जति नै सुकै पुराना जोडी हुनुहोस् तर एकअर्कालाई सहजरुपमा प्रस्तुत हुन नसक्दा तपाईहरुको बीचको सम्बन्धमा असर गर्ने हुनसक्छ ।

आउनुस् आपसी सहजता कसरी अपनाउन सकिन्छ चर्चा गरौं ।

कुराकानी गर्नुहोस्ः यौन(सेक्स) सम्बन्ध राख्नु अघि आफ्नो पार्टनरसँग कुरा गर्नुहोस् । जसबाट उसलाई थोरै सहजता महशुस हुन्छ । यौन सम्बन्ध राख्नु पहिले गफ गर्दै उसलाई सुरक्षित महशुस गराउन सकिन्छ । यसको साथै यसले आपसी संकोच भगाउन मद्दत गर्छ । पार्टनरकाे प्रशंसा गर्नुहाेस् । उसका राम्रा बानीका बारेमा चर्चा गर्नुहाेस् ।

हतारको नगरौंः तपाई आफ्नो साथीलाई सहज गराउँदै हुनुहुन्छ भने हतार नगर्नुहोस् । हतारले तपाईको साथी असहज र संकोच मान्न सक्छ । त्यसैले हतारमा आपसी सम्बन्ध कायम नगर्नुस् ।

माहौल बनाउनुस्ः तपाई आफ्नो साथीको सहज महशुस गराउनकालागि एक प्रकारको माहौल बनाउनुस् । केन्डिल लाइट डिनर, रोमान्टिक म्यूजिकको माध्यमबाट माहौल रोमान्चक बनाउन सकिन्छ । यसबाट साथीलाई सहज महशुस गराउन मद्दत मिल्छ ।

ध्यान भंग गराउने सामाग्री हटाउनुस् : तपाईको यो ध्यान रहोस् कि तपाईको ध्यान केवल आफ्नो पार्टनरमै केन्द्रित हुनुपर्छ । फोन, टेलिभिजन जस्ता सामाग्रीले तपाईको पार्टनगरलाई डिष्टर्ब गर्नसक्छ । टिभी खुल्लै रहँदा टिभीमा आफूलाई मन परेको फिल्म वा गीत आएन थाल्यो भने वा फोनमा कसैले कल गर्दा तपाईको ध्यान त्यसतर्फ हुँदा पार्टनरलाई बेवास्ता गरेको आभाष हुन पुग्ने हुनसक्छ । तसर्थ तपाई सम्पूर्ण रुपले पार्टनरमा केन्द्रित हुनु आवश्यक छ ।

– एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।