0 COMMENTS

मोबाइल मानिसका लागि अत्यावश्यक वस्तुको रूपमा स्थापित भइसकेको छ । आजभोलि ठूलादेखि साना बच्चासम्मले स्मार्टफोन प्रयोग गर्छन् । यद्यपि, मोबाइल सुरक्षामा ध्यान नदिँदा चाँडै बिग्रने, स्क्रिन फुट्ने, ब्याट्री ड्यामेज हुनेलगायत थुप्रै समस्या आइपर्छन् । त्यसैले मोबाइल सुरक्षाका लागि यस्ता विषयमा ध्यान दिनुपर्छ :

१.इन्टरनेट चलाउने लोभमा कतिपयले रेस्टरुममा पनि मोबाइल चलाउने गर्छन् । यस्तो गर्दा पानी परेर बिग्रने समस्या हुन सक्छ ।

२.महँगो मूल्यमा खरिद गरे पनि सुरक्षाका लागि कभर भने निकै सुलभ मूल्यमा पाइन्छ । तर पनि धेरैले मोबाइलमा कभर राख्दैनन् । मोबाइल सेटअनुसार मिल्दो, सुहाउँदो र बलियो कभर प्रयोग गर्नाले कतै खसिहाले पनि मोबाइल फुट्नबाट धेरै हदसम्म जोगाउन सकिन्छ ।

३. मोबाइलको स्क्रिनमा स्टिकर हाल्नुको सट्टा टेम्पर्ड ग्लास राख्नुपर्छ । जसले मोबाइलको स्क्रिन स्क्र्याच हुनबाट जोगाउँछ । मोबाइल झुक्किएर खसिहाले पनि स्क्रिन फुट्नबाट जोगाउँछ ।

४.मोबाइल खस्नबाट जोगाउन हातमा सजिलै अड्कने खालको नचिप्लिने कभर प्रयोग गर्नुपर्छ । खस्ने समस्या समाधानका लागि अड्काउन मिल्ने चेन, डोरी या औँला अड्काउन मिल्ने कभर पनि राख्न सकिन्छ ।

५. पानी र चिसोका कारण पनि मोबाइल बिग्रने गर्छ । त्यसैले पसिना, पानी या अन्य तरल पदार्थले भिजेको हातले मोबाइल समाउने बानी गर्नुहुँदैन । खाना खाँदा, पानी पिउँदा सकेसम्म मोबाइल प्रयोग गर्नुहुँदैन ।

६. मोबाइललाई बढी तातोबाट पनि जोगाउनुपर्छ । त्यसैले यसलाई स्टोभ, चिम्नी, चुलो तथा हिटरजस्ता उपकरणबाट टाढै राख्नुपर्छ ।

७.मोबाइल सफा गर्दा कहिल्यै पनि स्प्रे र पानीको प्रयोग गर्नुहुँदैन । सफा कटनको कपडामा थोरै अल्कोहल राखेर सफा गर्दा राम्रो हुन्छ । तर, यसरी मोबाइलको बाहिरी भाग मात्र सफा गर्न सकिन्छ । भित्री भाग भने भिजेको कपडाले सफा गर्नुहुँदैन ।

८.मोबाइलको ब्याट्री चार्ज गर्दा पनि ध्यान पु-याउनुपर्छ । कतिपयको रातभर चार्ज गर्ने बानी हुन्छ । यसो गर्दा ब्याट्री बिग्रने, फुल्ने, फुट्ने डर हुन्छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।