0 COMMENTS

वीरगन्ज१७फागुन०७४/ श्रीमान विदेश गएको बेला श्रीमतिले अर्कै पुरुषसँग सम्बन्ध गाँसेपछि के सम्म गर्न सक्छन् भन्ने हालै घटेको एक घटनाले सार्बजनीक गरेको छ ।वीरगन्जमा श्रीमतिको योजनामा श्रीमानमाथी गोली प्रहार भएको घट्ना खुलासा भएको छ।झण्डै १० वर्ष वैदेशिक रोजगारी गरेर फर्किएका उमेश चौरसियामाथि बुधबार राति गोली प्रहार भयो । वीरगञ्ज महानगरपालिका १३ का चौरसिया धागोको ब्यापारी हुन् र उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमान विदेश गए पछि श्रीमति प्रियंकाले अर्कै पुरुषसँग सम्बन्ध गाँसेपछि आफ्नो प्रेमीसंग मिलेर हत्या गराउने तानाबाना बुनेको घट्नाको प्रहरीले बिहीवार खुलासा गरेको हो।

बुधबार राति साढे ९ बजे वीरगन्जको श्रीपुरस्थित भारतीय महावाणिज्य कार्यालय पछाडीको गल्लीमा ३२ वर्षीय उमेशप्रसाद चौरसिया उपर गोली प्रहार भयो। प्रहरीले अनुसन्धान गर्दै जाँदा गोली प्रहारबाट घाइते चौरसिया कि श्रमिति कै योजनामा र अन्य ३ जनाको संलग्नतामा घटना भएको खुलेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।