0 COMMENTS

काठमाडौं १४ फागुन०७४/ त्रिभुवन विमानस्थलको भन्सार कार्यालयका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

भन्सार कार्यालयको आगमन कक्ष अन्तर्गत सुनचाँदी हिरा तथा बहुमुल्य वस्तु परीक्षण कक्षमा करारमा कार्यरत नायव सुव्बा राजदीप शाक्यलाई आइतबार बेलुका अख्तियारले पक्राउ गरेको हो । शाखा अधिकृतबाट अवकाशप्राप्त उनी करारमा कार्यरत थिए ।

शाक्यले बिदेशबाट आयात भएको ५६ र ५६ लाखको दरले भन्सार बुझाएको दुई कन्साइन्मेन्टको दुई टन चाँदी विमानस्थलबाट बाहिर लैजान कानूनी प्रक्रिया पूरा गर्ने क्रममा प्रति कन्साइन्मेन्टको २५ हजारको दरले घुस लिएको सूचनाको आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।