0 COMMENTS
 
डा.सुरेन्द्र सिटाैला
मृत्युले पाउने ,
जीबनको भाग बण्डा ,
मुलतबिमा राखेर ,
भाग बण्डाका सबै दाबेदार हरु ,
नाङ्गो खुकुरी हातमा नचाउदै ,
आज भोलि ,
जोड संग कुर्लिएको सुन्छु ।
निमुखा हरुको पसिनाको थैली ,
हकदार हरु सबैलाई छक्याउदै ,
भाग बण्डा गर्ने तबिलदार हरु आफैले ,
सुटुक्क कुम्ल्याएको देखेर ,
केही बोल्न खोज्दा ,
म आफै याहा प्रतिगामी हुन्छु ।
अनि प्रत्यक दिन ,
भाग बण्डाका दाबेदार हरुको ,
नाङ्गो खुकुरी संग डराउदै ,
उसैको अर्ती उपदेश ,
निश्तब्द भएर सुन्छु ।
 
गजबको छ चलन याहा ,
भाग बण्डाका दाबेदार हरु ,
न्यायको भाग बण्डामा रमाउछन ।
सत्यको पराजय हुदा ,
फुलमालामा आफै सजिएर ,
उल्लास पुर्ण बिजयी गीत गाउछन ।
 
छक्क पर्छु ,
एक आपसमा अन्कमाल गर्दै ,
एक टुक्रा मासुको लागी ,
लुछा चुडी गर्ने ,
उनै भाग बण्डाका हुडार हरु ,
उत्सब मनाउन ,
चारै तिर बाट ,
पुनः ,
सबै संगै मिलेर आउछन ।
तर खोइ के भनौ ,
न्याय खोज्न आएका निरिह हरु ,
बिरक्तिएर फेरि ,
अरब र मलेशिया तिरै धाउछन ।
अनि ,
प्रबाशको छिडी र गल्लीमा ,
पराजयको सुस्केरामा रमाउदै ,
जिबनको बिरही गीत गाउछन ।
सुन्छु ,
भाग बण्डाका नाइके हरु ,
आज भोलि याहा ,
यस्तै गीतमा रमाउछन ।
 
निक्कै डर लाग्दैछ मलाइ ,
नजानिदो काइदा खेलाएर ,
भाग बण्डामा रिसाएका ठेकेदार हरु ,
कता कता ,
आमाको भाग बण्डा पो खोज्ने हुन कि !
सत्ता संग सगै सधै हास्न पाए ,
आमाको बिकल्प पो रोज्ने हुन कि !
आइ सि यु मा राखिएकी ,
बिरामी आमा एक्लै छोडेर ,
कात्रो खोज्न पो कुद्ने हुन कि !
कसैलाइ थाहै नदिइ ,
पोस्टमार्टमको रिपोर्ट पो ,
सुटुक्क आफै बुझ्ने हुन कि !
 
मृत्यु संग नडराउने म ,
आज ,
आमाको जीवन संग ,
साच्चै डराउदै छु ।
अनि ,
नाङ्गो खुकुरी हातमा लिएर ,
निर्धक्क डुकृदै हिड्ने ,
भाग बण्डाका साडेहरु विरुद्ध ,
जे पर्ला पर्ला ,
आफै एक्लै कराउदै छु ।
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।