0 COMMENTS

काठमाडौं, असार २७ – सभासदहरुले प्रत्यक्ष निर्वाचित सभासदलाई जस्तै समानुपातिकलाई पनि खर्च गर्ने अधिकार दिन माग गरेका छन् । एक सय ४५ जना सभासदले सभामुख सुवासचन्द्र नेम्वाङको ध्यानाकर्षण गराउँदै समानुपातिक सभासदलाई पनि प्रत्यक्ष निर्वाचित सभासद जस्तै समान व्यवाहार गर्न माग गरेका हुन् ।

सरकारले गएको आर्थिक वर्षदेखि २ सय ४० निर्वाचन क्षेत्रमा एक एक करोड दिएको थियो । अहिले त्यो रकमलाई पाँच करोड पुर्‍याउन सभादलहरुले दबाब दिँदै आएका छन् । त्यो रकम जिल्ला विकास समितिमार्फत सम्बन्धित निर्वाचन क्षेत्रमा खर्च गरिन्छ ।

सभामुखलाई बुझाइएको ध्यानाकर्षण पत्रमा विपक्षी एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, बाबुराम भट्टराई, गिरिराजमणी पोखरेललगायतले हस्ताक्षर गर्नुभएको छ । सांसद विकास कोषका लागि भनेर दिइने १५ लाख रुपैयाँ भने दुवै खालका सभासदलाई दिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।