0 COMMENTS

 काठमाडौं,२९ चैत२०७३/ प्रहरी महानिरीक्षक नियुक्तीको निर्णय बदर गर्न माग गर्दै प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल फेरि सर्वोच्च अदालतमा पुग्नु भएको छ ।
सरकारले सोमबार राति प्रकाश अर्याललाई महानिरीक्षक नियुक्ती गरेको थियो । अर्यालले सोमबार राति नै कार्यभार सम्हाल्नुभएको छ । सिलवालले सर्वोच्च आदलतले यसअघि गरेको फैसला कार्यान्वयनको माग राखेर रिट दायर गर्नुभएको हो । यसअघि सिलवालले नै दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णय बदर गरेको थियो । सर्वोच्चले फैसलामा कार्य सम्पादनमा आफूलाई पहिलो नम्बरमा राखेकाले आफू नै महानिरीक्षक हुनु पर्ने माग सिलवालले गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।