0 COMMENTS

विराटनगर२०७३ चैत २९ / निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले सेनालाई निर्वाचनमा प्रयोग नगरिने बरु ‘ब्याक फोर्स’का रुपमा राखिने बताएका छन् । निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य तीव्र गतिमा भइरहेको उनले बताए ।
विराटनगरमा पत्रकारसँगको भेटघाटमा उनले मतदाता परिचयपत्र र मतपत्र छपाइलगायत कार्यका साथै निर्वाचन प्रशिक्षणकाअन्तिम चरणमा पुगेको जानकारी दिए । राजनीतिक रुपमा देखिएका केही समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे ।
प्रदेश नं २ का जनता पनि निर्वाचनको पक्षमा उत्साहित देखिएको र केही दिनमै त्यहाँ मतदाता शिक्षालगायत कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए । आयोग एकै चरणमा निर्वाचन गर्ने तयारीमा लागेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।