काठमाडौँ २७ फागुन०८२/ निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रुपैयाँ जरिबाना तोकेको छ ।सेतोपाटीले निर्वाचन विश्लेषण प्रकाशन गरेको भन्दै सोमबार आयोगले जरिवाना तोक्ने निर्णय गरेको हो।
सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त), दफा २५ को उपदफा (१) को खण्ड ख, च र छ उल्लंघन गरेको आयोगको आरोप छ। तोकिएको जरिवाना आयोगमा १५ दिनभित्र दाखिला गर्न पनि भनिएको छ।
प्रतिक्रिया दिनुहोस्

