प्रस्ताेता प्रतिभा भट्टराई/ काठमाडौँको केन्द्रमा रहेको हनुमान ढोका दरबार परिसर मा थुप्रै मठ मन्दिरहरू रहेका छन्। यहाँ रहेका केही मन्दिर हरू हरेक दिन जसो नै दर्शनका लागि खुल्ला गरिन्छन भने केही मन्दिरहरू नित्य पूजाका लागि हरेक दिन खोलिने भए पनि सर्व साधारण का लागी वा विशेष पूजाका लागि भने बिशेष पर्व वा तिथी मा मात्र खुल्ला गरीन्छ ।हामी कुरा गर्दैछौँ काष्ठमण्डपबाट थोरै दक्षिणतर्फ अटको बहालमा रहेको अटक नारायणको नामले परिचित मन्दिर जुन मन्दिरमा काठमाडौँ उपत्यकामा भएका चार नारायण मध्ये जेठो मानिएका चाँगु नारायन नै विराजमान छन्।
नेपालसम्वत ७०६ तीर राजा शिवसिंह कि कान्छी पटरानी गङ्गा महारानीलाई हरिबोधनी एकादशीका दिन चार नारायणको दर्शन गर्ने इच्छा भएपनि यातायातको सहजता नभएका समयमा चारतिर रहेका चार नारायणको दर्शनगर्न हिँडेर जान असहज भएका बेला सपनामा चाँगुनारायणले आफ्नो मूर्ति बनाएर अटको बाहालमा राख्नु भन्ने संकेत प्रदान गर्नू भए सँगै गंगा महारानीले हनुमान ढोका दरबार परिसरमा चाँगु नारायणको मूर्ति स्थापना गराएकी थिईन त्यसपछि अन्य तीन नारायण हरू (शेषनारायण शिखानारायण र विसंखु नारायण)पनि काष्ठमण्डप वरपर बाङ्गेमुडा ,टेकु र ह्यूमतमा स्थापना गरिए सँगै हनुमानढोका दरबार वरपर चारै नारायणको स्थापना भएको हो।।अट्को बहालमा भएका कारण यी नारायणलाई अटक नारायणको नामले पनि चिनिन्छ भने बृन्चीनारायणको नामले पनि पुकारिन्छ।
त्यसो त हामी सूर्यनारायणलाई पनि बृन्ची नारायण भनेर नै पुकार्ने गर्दछौं। हजारौँ नाम र काम भएका एकबाट अनेक हुनसक्नेभगवान विष्णुको काम र नामको वर्णन गर्नु त्यति सहज हुँदैन। पुकारिने नाम फरक भए पनि नारायण भगवान् एउटै हुन्।
यो मन्दिरनित्य पूजाका लागि हरेक दिन र सर्व साधारण भक्त हरुका पूजाका लागि हप्ताको एक दिन बुधबार मात्रै खुल्दछ। भने मानिसहरू आफ्नो अड्केका र नवनेर हैरान भएका कामहरू पूरा गर्नको लागि यस मन्दिरमा आएर अटक नारायणको पूजा आराधना र दर्शन गर्दछन्।
हाम्रै समाजमा आफ्ना व्यावहारिक कामहरू नबनेर अड्केर निकै परेशानी हैरानी भोग्नुपरेका मानिसहरू थुप्रै देखिन्छन् सन्तान प्राप्ति आर्थिक संकट रोगव्याध विदेश यात्रा रोजगारी जस्ता समस्याहरुले ग्रसित समाजमा तनाव लिएर बाँच्न बाध्य मानिसहरु थुप्रै हुन सक्छन्।
यसरी धर्ममा आस्था भएका व्यक्तिहरूको लागि थोरै राहत मिल्ने मन्दिर हो यो। यहाँ आउने थुप्रै भक्तहरूको कुरा सुन्दा आफूले काम नबनेर अड्केर थुप्रै परेशानी भोगे पश्चात यस मन्दिरको दर्शन र पूजा गर्ने विधि को जानकारी भएपछि दर्शन गर्दा निकै राहत मिलेको कुरा सुनाउने गर्दछन्।
यस मन्दिरमा विदेश यात्राको लागि र मुद्दा मामिला सम्बन्धी समस्याहरू सुल्झाउनका लागि धेरै मानिसहरू आउने गर्दछन् यी बाहेक विबाह स्वास्थ्य तथा सबै खालका समस्याहरू लिएर आउने मानिसहरूको पनि कमी छैन।
यस मन्दिरमा पूजा गरेर आफ्नो काम बनिसकेपछि दोस्रोपटक फेरि कार्यसद्धिको पूजा पनि गर्नुपर्दछ। पूजा सामान भने आफ्नो इच्छा वा काम अनुसार फरक फरक हुने गर्दछन्। आफ्ना समस्या ,इच्छा ,चाहना अनुसार पूजा सामान फरक फरक हुन्छन् आफूले ल्याएको पूजा सामान खुल्ला रूपमा राख्नु पनि हुँदैन। छोपेर राख्नुपर्छ। कसैलाई देखाउन मिल्दैन पुजारीलाई मात्रै आफ्नो काम सँगै नाम र गोत्र बताएपछि विधिअनुसार पूजा गरिन्छ। आस्था र विश्वासका साथ गरिएको पूजाबाट आफ्ना ठूला ठूला कामहरू बनेको यहाँ आउने भक्तहरू बताउँदछन्।
हजुरहरु पनि व्यावहारिक जिवनमा गर्नू पर्ने कामहरू समयमा सोचे जस्तै गरी फत्ते गर्न नपाउँदा तनाव मा वा हैरानीमा हुनुहुन्छ भने एक पटक आस्था र पूर्ण विश्वासका साथ अटक नारायणको पूजाआराधनाआबस्यक सामाग्री सहित विधि पुर्वक अबस्य गर्नू होस् ।

