0 COMMENTS

पतञ्जली योग समिती नेपालको तारकेश्वर नगर मा सन्चालित अर्किड योग साधना केन्द्रले योग सन्देशमूलक गीत सार्वजनिक गरेको छ। आफू सक्षम हुने र अरुलाई पनि सक्षमतापूर्वक जीवन यापन गर्न सघाउ पुर्‍याउने उद्देश्यले २०७२ सालको भूकम्पपछि सुरुवात गरिएको अर्कीड योग साधना केन्द्र तारकेश्वर नगरमा भएका अन्य साधना केन्द्रहरु जस्तै सक्रिय साधना केन्द्र हो। मिलिजुली महिला बचत समूहका दिदीबहिनीहरूद्वारा सञ्चालन गरिएको यो साधना केन्द्रमा समूहका दिदीबहिनीहरू लगायत टोलबासी अन्य दाजुभाइ, आमाबुवा र दिदीबहिनीहरूको पनि सहभागिता छ। बिहान ४:२० देखि ६ बजेसम्म सञ्चालन हुने उक्त साधना केन्द्रले योग जागरण सम्बन्धी अन्य कार्यक्रमहरू पनि गर्दै आइरहे सँगै हाल आएर योग सन्देशमूलक गीत पनि सार्वजनिक गरेको हो।

महिला पतञ्जली योग समिति तारकेश्वर महामन्त्री प्रतिभा भट्टराईको शब्द र आवाज रहेको उक्त गीतमा परीसा भट्टराई ले पनि साथ दिएकी छन् ।छायाङ्कनमा साधना केन्द्रका सम्पूर्ण सदस्यहरू को उपस्थिति रहेको यो गितको भिडियो समाजको आवाज टेलिभिजनद्वारा छायाङ्कन गरिएको हो।उक्त गीतको भिडियो अर्किड योग साधना केन्द्र को युट्युब च्यानल तथा प्रतिभाको प्रतिभा युट्युब च्यानलमार्फत सार्वजनिक गरीएको छ।

योगप्रति लगाव भएका व्यक्तिहरूलाई साधना मार्फत र अन्य टोलबासी व्यक्तिहरूलाई समयसमयमा प्रभात फेरि कार्यक्रम मार्फत योगसम्बन्धी सन्देश दिँदै आएको यो साधना केन्द्रले ,रोग रहित जीवन यापन गर्न चाहने हरकोहिलाई योग प्रति आकर्षित गर्ने उद्देश्य ले यो गीत रेकर्ड गरेको हो। साधना केन्द्रको पहिलो प्रयास भएकोले छोटो भएर पनि सन्देशमूलक यो भिडियो ओमनिफोनिक्स स्टुडियो मा रेकर्ड गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।