काठमाण्डाै ०८२/०७/२५ “संस्कार संस्कृति र स्वाभिमान युवा नेपाल समितिको पहिचान”भन्ने नारा सहित यूवा पुस्ता लाई संस्कार, संस्कृति र स्वाभिमान सहितको योग शिक्षादिने उदेश्य ले पतञ्जली योग समिति नेपाल अन्तर्गतको युवा नेपाल समिति बागमती प्रदेशले सातदिवसीय निःशुल्क युवा संस्कार आवासीय योग शिविर सम्पन्न गरेको छ।
युवा नेपाल समितिको मुख्य केन्द्रीय प्रभारी पुज्या साध्वी देव बिजया ज्यु को मार्ग निर्देशन,युवा नेपाल समिति बागमती प्रदेश प्रभारी कुमार श्रेष्ठकाे प्रशिक्षण अनी
बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठा राम अधिकारी को प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम २०८२ कार्तिक १८ गतेदेखि २४ गतेसम्म सञ्चालन गरिएको थियो। शिविरमा १८ वर्षदेखि ३० वर्ष उमेर समूहका ८० जना युवाहरू संलग्न थिए।
बुढानीलकण्ठ ८ स्थित मण्डिखाटार मा संचालित उक्त शिविरमा योगको परिचय सहित अष्टाङ्ग योगको जानकारी ,प्राचीन ध्यान विधिद्वारा मनलाई शान्त पार्ने तरिका, एकाग्रता तथा स्मरणशक्ति बढाउने विधिहरू, आयुर्वेद तथा जडीबुटीको जानकारी ,वैदिक संस्कृति र वैदिक जीवनशैलीको जानकारी हवन गर्ने विधि, फाइदा र सामग्रीको जानकारी, दैनन्दिन अभ्यास साथै आत्मरक्षाका प्रारम्भिक योगाभ्यासहरू ,संगीतमय व्यायामहरू ( सूर्य नमस्कार ,भूमि नमस्कार, सर्वाङ्ग सुन्दर व्यायाम मासपिटी, डम्बेल व्यायाम तथा तालिबादनका विभिन्न अभ्यासहरू) गराइएको थियो।
युवाहरूको शारीरिक तथा मानसिक विकासको लागि निकै सहयोग पुग्ने उक्त शिविर बाट सहभागिहरू निकै सन्तुष्ट देखिन्थे भने आगामी दिन हरुमा हुने यस्ता शिविरहरूमा पनि सहभागि हुने इच्छा राखेका थिए।

