रमिला बस्नेत ,उदयपुर,साउन २/आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि २०७४ साल साउन १ गतेदेखि १५ गते सम्म जिल्ला निर्वाचन कार्यालय उदयपुरमा मतदाता नामावलीमा नाम समावेश गर्न नाम दर्ता कार्यक्रम सञ्चालन भइरहेको छ । यस अघि आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिहरुले आफ्नो नागरिकताको प्रमाणपत्र लिर्इ जिल्ला निर्वाचन कार्यालय उदयपुरमा आफु स्वयंम् उपस्थित भर्इ मतदाता नामावलीमा नाम दर्ता गराउनु हुन सम्बन्धित सबै सरोकारवालाहरुलार्इ जिल्ला निर्वाचन कार्यालयले अनुरोध गरेको छ ।
आयोगबाट यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधिमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन बुझाउन सकिनेछ ।
यस अघि नाम दर्ता गरार्इ मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिहरुले पुनः नाम दर्ता गराउनु पर्दैन ।
नाम दर्ता भइसकेपछी २०७४ साल साउन १६ गते देखी २० गते सम्म मतदाता नामावलीमा दावी विरोध गर्न सकिने कार्यक्रम रहेको व्यहोरा समेत सर्वसाधरण सबैको लागि सूचना प्रकाशित समेत गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय,उदयपुरले विहान १० बजे देखिन बेलुका ५ बजे सम्म नाम दर्ता गर्न सकिने जानकारी दिएको हाे ।

