काठमाडौं,३० वैशाख ०७४ / सरकारले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गर्दै स्थानीय तह निर्वाचनको मतदान सुरू हुन ३६ घण्टा बाँकी रहेका बेला राज्यको ढुकुटीबाट १५ करोड रुपैयाँ बाँड्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठककले निर्वाचनका लागि मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित पार्ने गरी कैलालीका टिकापुर घटनाका पीडितका नाममा १५ करोडभन्दा बढी रूपैयाँ बाँड्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदले निर्वाचन आचारसंहिता विपरीत दुई नम्बर प्रदेशमा स्थानीय तहको संख्या थप गर्ने निर्णय पनि गरेको छ। संख्या थप गर्न पाँ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, रक्षा मन्त्री बालकृष्ण खाँड र कानुनमन्त्री अजय शंकर नायक रहेको समिति गठा गरिएको छ। स्थानीय तहको निर्वाचन अन्तर्गत पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा दुई सय ८३ स्थानीय तहमा भोलि निर्वाचन हुँदैछ। आजको नागिक दैनिकमा खबर रहेकाे छ ।


 
			                             
			                            