काठमाडौं,१५ असोज/नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले र मधेसवादी दलको काराण संविधान कार्यान्वयन हुन नसकेको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौं जिल्ला शाखाले शनिबार गरेको कार्यक्रममा नेता पाैडेलले भने एमाले अाफु सत्ताबाट बाहिरिन परेको पीडा संविधान कार्यान्वयनमा पोख्दै संविधान संशोधन हुनै हुन्न भन्ने अनि मधेशवादी दलहरू संविधान संशोधन नगरेसम्म निर्वाचन हुनै दिँदैनौं भनेर संविधान कार्यान्वयनमा व्यवधान खडा गरेकोले संविधान कार्यान्वयनमा ढिलाई भएको कुरा ब्यक्त गरे ।
नेता पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संविधान संसोधन बारेमा जथभावी अभिब्यक्ति नदिन सजग गराए । केहीदिन देखि एमाले अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममा संविधान संसोधन गर्न नदिने चेतावनी सहितको अभिव्यक्ति दिन थालेका छन् ।
कांग्रेस नेता पौडेलले एमाले र मधेशवादी दल दुबैले ‘कम्प्रोमाइज’ गरे संविधान संशोधन हअुने र त्यसपछि कार्यान्वयनमा जाने बाटो खुल्ने बताए ।
उनले फरक प्रसङ्गमा स्थानीय तहको पुनर्संरचना आयोगले स्थानीय तहको सीमाना र संख्या निर्धारण गर्न नजानेको बताए । गाउँ नै पिच्छे गाउँपालिका बनाउनुपर्ने सरल बाटो छोडेर आयोग बाङ्गोटिङ्गो बाटो हिँडेकोमा उनले असन्तुष्टि जनाए । पौडेलले आयोगले अहिले प्रस्ताव गरेको माापदण्ड अनुसार स्थानीय तहको सीमाना र संख्या निर्धारण भए मुलुक नै दुर्घटनामा पर्ने सम्भावना चेतावनी दिए।
आयोगले स्थानीय तहको संख्या ५ सय ६५ भन्दा बढी नहुने गरी काम सक्न लागेकामा सरकारले ४ दिन पहिले इलाकालाई आधार मानेर स्थानीय तहको पुनर्संरचना गर्न आयोगलाई निर्देशन दिएको थियो।


 
             
			                             
			                            