0 COMMENTS
dipa
दिपा बडाल

महिलाहरु महिनावारीहुदा पशुसरह संगै गोठमा रात बिताउनु पर्ने बाध्य किन ? के महिनावारी हुनु पाप हो ?यो बेलामा अरुलाई छुँदा पाप लाग्छ भने देवीहरुको रुपमा पूजिने सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता जस्ता धनवान, बुद्धिवान, बलवान, विद्यावान देवीहरु पनि त महिला थिए । उनीहरुको मूर्ती भएका मन्दिरहरु अनगिन्ती छन् । तपाईहरु किन तिनै मन्दिरमा पूजा गर्न जानुहुन्छ ? त्यहाँ जानलाई कुनै महिना, समय वा बारले छेकबार गर्दैन किन ?अनि सरस्वती, दुर्गा, लक्ष्मी, पार्वती, सीता महिलानै हुन् भने उनीहरु पनि त हरेक महिना महिनावारी हुनेथीए होला । खै त उनीहरु महिनावारी भएका बेलामा मन्दिर छोडेर बाहिर बसेको कसैलाई थाह छ ?
हाम्रो समाजमा महिनावारी हुदा महिलाले सुकिला कपडा लगाउन नहुने रे महिनावारीको ५ दिन सम्म कुनै मठ , मन्दीर पुजाआजा गर्न , मन्दिर जान नहुने , आफ्नो आमा, बुवा, दाजुभाइ र पुरुषलाई छुन नहुने यो मनाही छ किन ? तिनै महिनावारी भएकी महिलाको कोखबाट आफ्नो जन्म भएको चाहिँ किन भुल्छौ ?
महिलाले महिनावारी हुदा घरबाट टाढा एक्लै गोठमा बस्नु पर्दा डर, त्रास साथै जंगली जनावर बाघ, सर्पको डर हुने र रातिमा रक्सी खाएर हिड्ने र गलत नियतका पुरुषबाट बलात्कार समेत हुने गर्दछ। धर्म कै नाममा यो छाउपडी प्रथा महिलाहरु को लागि अमानवीय मान्यताका कारण सारा नेपाली महिलाहरु ग्रसित छन् महिनावारी को समयमा गरिएको बिभेद्ले गर्दा महिलाको मृत्युभएको पाईन्छ ।
कथित धर्मका ब्याख्याताहरु किन मौन छन ? यस बारेमा यदि महिनावारी भएको बेला महिलाहरु अछुत हुन्छन् भने देवीहरुको मन्दिर बनाउन लगाउनेहरुले उनीहरु महिनावारी हुँदा बस्ने ठाउँ गोठ बनाउन लगाउनु पर्छ कि पर्दैन ? त्यसैले महिनावारी हुनु प्राकृतिक नियम भए पनि महिनावारीको समयमा अरुलाई छुन हुँदैन, मठ मन्दिर जान हुँदैन, मीठो पोषिलो खान हुँदैन भन्ने मनगढन्ते कुरामात्र हो ।

धर्मकै नाममा भएका गलत मान्यतालाई अबका पुस्ताले मानिरहनु भन्दा पनि परिवर्तन गर्नु पर्दछ। सरकार र विभिन्न  सस्थाहरुबाट अभियानको रूपमा चलाए पनि अन्त्य हुन सकेको छैन। उनिहरुको मानसिकता यति सम्म भ्रमित छ कि महिलाहरु स्वयं नै यो प्रथा नमान्दा पाप हुने भगवान रिसाउने भनी टाढा हुन चाहदैनन। कतिपय स्कुलमा बिध्यार्थी हरूले गृहकार्य नगरि जादा शिक्षिकाले आज त बचिस मेरो पिरियण छुन हुदैन भन्ने जस्ता अभिव्यक्ति आउछन् । महिनावारी भनेको महिलाहरुको प्राकृतिक मासिक रक्त श्राव हो ।
२१अाै  शताब्दिमा आएर पनि यस्ता रुढीबादीलाई परम्पराको अन्त्य हुन पर्छ ।यो महिलामा मात्र नभै पोथी जातिमा देखिने एउटा प्राकृतिक नियम हो यो कुनै धर्म ,सस्कारमा आधारित छैन जुन महिलाहरुको १३,१४ बर्ष देखि ४०,४२ बर्षको उमेर सम्म हुने गर्द्छ । यो एउटा मानवीय जिबनको सामान्य नियमित शारीरिक प्रक्रिया हो जुन समयमा स्वास्थको अलि बढि सरसफाइ र खानपिनमा ध्यान दिनु जरुरी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।