0 COMMENTS
dipa
दिपा बडाल

रगत जस्तै- रातो,साँचो र खाँचो छ भनेर आगोको सपथ खानेको हातबाट सिन्दुरको दासत्व स्वीकार गरें मैले। त्यही क्षणबाट नै- म जन्मदाता र रगतकाे नाताबाट नमज्जाले विछोडिएँ। त्यो सिन्दुरको नाममा मेरो नाम हरायो मेरो स्वर हरायो मेरो मनोकांक्षा हरायो म अर्धाङ्गिनी भएँ म आईमाई भएँ यथार्थमा मेरो अर्को जन्म भयो।

सिन्दुर भनेको- म बाँधिनुमा एउटा निरंकुश शाशकले ममाथि शाशन गर्नु रहेछ भनेर मैले मेरो निरीहता बुझें- म मर्नुभन्दा मारीनकै लागि हो मैले लुटाई रहनुमा भाग्य ठान्नु पर्छ मैले उसको पाउलाई मेरो शीर मान्नु पर्छ। यसरी, म उसको तृष्णामा प्यास भएर म उसको आवश्यकतामा दासी भएर म उसको खुशीमा हाँसो भएर म उसको मर्यादामा सीता भएर मात्र बाँचिरहें मात्र बाँचिरहें ।

एकदीन, आमाले भन्नु भो छोरी! म स्पष्ट बुझ्छु सिन्दुर र तेरो कथा फरक यति हो- तँ सिन्दुरसँग पींडाको अनुभूति गर्छस् म सिन्दुरभित्र उन्मुक्तिको खोजी गर्छु सिन्दुर र रगत रातै हुन्छ सिउँदो रंगाउने हात पो पापी हुन्छ मैले सोधें- आमा! के अब म त्यो पापी हात काटीदिउँ त ? आमा अनुत्तरीत नै हिड्नु भो मलाई छाडेर तर मैले यो कथाको अन्त्य गर्नुछ। किनकी, बारम्बार नबल्झोस कतै पनि सिन्दुर र मेरो कथा।!!!!”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।